छपकैया नाका ः दिनभरी सुनसान, रातभरी तस्करी

वीरगञ्ज, १४ असोज । कोभिड १९ को महामारीका कारण भारत संग जोडिएको सिमानाकाहरु विगत ६ महिना देखी सरकारले सिल गरेको छ ।

सिमामा ‘सिमा बन्द रहेको लेखिएको बोर्ड पनि झुण्डिएको छ , तर सिमामा हुने अबैध कारोबार भने रोकिएको छैन । पछिल्ला केहि दिन यता त प्रहरी कै संरक्षणमा बीरगन्जको छपकैया नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको प्रमाण फेला परेको छ ।

रातिको समयमा तस्कर भरियाहरुको लर्को नेपाल प्रवेश गर्ने गरेको दृश्यले बोर्डर पूर्ण रुपमा सिल रहेको पर्सा प्रहरी तथा सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको दाबीलाई झुठो साबित गरेको छ ।

छपकैया नाकाबाट रातभरि सुरक्षाकर्मी कै निगरानीमा भरियाहरु सिमा कटने र जिल्ला स्तरिय कमाण्डरहरुले तस्करी नियंत्रणमा रहेको , सिमामा उच्च निगरानी रहेको जस्ता झुठो र हवादारी दाबी गर्ने कतिको जायज होला ?

प्रहरीको सहयोग मै तस्कर समुहले वीरगञ्जको छपकैया नाकाबाट रातभरी लाईन नै लगाएर तस्करी गरिरहेको भिडीयो फेला परेको छ । २ दिन अगाडीको यस भिडीयोमा प्रहरी चौकी छपकैयाको ३ सय मिटर दक्षिण तर्फ रहेको लचका चौकबाट दर्जनौ व्यक्ती महिला तथा पुरुषहरुको समुहले मानव सांग्लो जस्तै लाईन लागेर विभिन्न माल समानहरुको अवैध चोरी पैठारी गरेर छपकैया गाँउ तर्फ गइरहेको भिडीयोमा देखिन्छ ।

दशै तिहार र छठ नजिकदै गएकोले भारत बाट शर्टिगं शुटिंग, साडी, लहंगा, कुर्ता सुरुवाल लगाएतको कपडा तथा प्रतिबन्धीत औषधीहरुको ओसार पसार दैनिक रुपमा यही बाटो भएर रातीको समयमा गर्ने गरेका छन ।

उक्त भिडीयोमा देखिएका व्यक्तीहरुले कपडा तथा प्रतिबन्धीत औषधीको ठुलो ठुलो पोकाहरु आफनो टाउको र दाया बाँया काखमुनी च्यापेर सिमावर्ती भारतीय गाउ पन्टोका भएर नेपाल तर्फ छपकैया छठिया घाट हुदै लचका चौकमा आएर वीरगञ्ज तर्फ जाने गरेका छन ।

सिमामा प्रहरी चौकी छपकैया र सशस्त्र प्रहरी बिओपी सिर्सीयाबाट २४ औ घण्टा प्रहरीको युनिट खटने गरेको छ तर यती ठुलो संख्यामा भइहरेको तस्करी एउटा सिपाहीले मात्र चाहेर सम्भव देखिदैन । उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी २४ औ घण्टा खटने गरेतापनि यसरी मानव सांग्लो लगाएर खुलेयाम रातभरी तस्करी भइरहदा के उनीहरुले सुइको पाएनन अथवा इन्चार्जको आदेशमा रोकटोक गरेनन् गम्भीर प्रश्न उब्जिएको छ ।

स्रोतका अनुसार स्थानीय तस्कर समुहले छपकैयाका सई अरुण सिंह र सशस्त्र प्रहरी निरीक्षक दिनेश बानीयालाई मोटो रकम बुझाएर यतीको ठुलो संख्यामा निर्वाध तस्करी गरिरहेका छन । सिमामा खटिने यी दुबै सुरक्षा युनिटले आर्थिक प्रभावमा परि तस्करीलाई बढावा दिएका छन ।

सिमामा निगरानीका लागी जिल्ला बाट खटिने सादा पोषाकको क्राईम टोली तथा टाईगर टोलीले छपकैया नाका तर्फ निगरानी तथा कडाई नगर्नुले पनि यस क्षेत्रबाट अहिले ठुलो संख्यामा तस्करी मौलाएको भिडीयोले यही भनिरहेको छ ।

पर्सामा लकडाउन खुकुलो भएयता कोरोना कहर घटेपनि तस्करी भने बढिरहेको देखिएको छ । तस्करी काण्डमा मुछिएका कारण प्रदेश प्रहरी कार्यालय जनकपुरले पर्सा प्रहरीको क्राईम टोलीका प्रमुख प्रहरी निरीक्षक रविभुषण यादव सहित ५ जना प्रहरीलाई कार्यवाहीका लागी तानिसकेको छ ।

र अहिले पनि प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले पर्साको नाकाहरु बाट भइरहेको खुलेयाम तस्करी बारे गम्भीरता पुर्वक निगरानी गरिरहेको बुझीएको छ ।

उक्त भिडीयो बाट स्क्रीन सर्ट गरेर लिइएको तस्बीरहरु यस समाचारमा प्रकाशित गरिएको छ र प्राविधिक कारण बश पेजमा राख्न नसकिएको भिडियो यस आनलाइन संग सुरक्षित छ ।

error: Content is protected !!