सांसदको धर्ना पछि विधुतले भन्यो महसुल जरिवाना रकम समायोजन गरिने

वीरगञ्ज, १४ असोज । नेपाल विधुत प्राधिकरण वीरगञ्जले लकडाउन अवधिभरको महसुल जरिवाना बापत लिइएको रकम अगामी बिलमा समायोजन गरिने जनाएको छ ।

लकडाउनको समयमा लगाइएको महसुल जरिवाना पुर्ण रुपमा छुट दिन माग राख्दै जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवम संघिय सांसद प्रदिप यादवले मंगलबार विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको मुल गेट मै धर्ना दिएपछि विधुत प्राधिकरणले जरिवाना नलिने जनाएको हो ।

विधुत प्रधिकरण वीरगञ्जले एउटा बिज्ञप्ति जारी गरेर जरिवना असुल नगर्ने र असुल गरिएको जरिवानाको रकम मिलान गरिने जनाएको हो ।

संघिय सांसद प्रदिप यादव सहित प्रदेश सांसद जन्नत अंसारी लगाएतका नेता कार्यकर्ताहरुले प्राधिकरणको मुल गेट मै मंगलबार बिहान १० बजेदेखि १ घण्टा धर्ना दिएका थिए ।

लकडाउन र निषेधाज्ञाका बेला सबै जनजीवन ठप्प हुन पुगेको र प्राधिकरणका कर्मचारी मिटरको रिडिङ गर्न नपुगेको अवस्थामा प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!