‘मरिच काण्डमा गरिएन कार्वाही, अहिले क्राईम ब्रांचको जिम्मेवारी’

वीरगञ्ज, ११ असोज । पर्सा प्रहरी मातहत रहेको प्रहरी चौकी सिर्सीया अलौको ईन्चार्ज रहदा मरिच तस्करलाई सघाएको आरोप लागेका सई प्रकाश रावत लाई पर्सा प्रहरीको क्राईम ब्रान्चमा जिम्मेवारी दिइएको छ ।

०७६ माघ २९ गते बुधवारको राती २ बजेको समयमा सिर्सीया क्षेत्रबाट मरिच तस्करी भइरहेको सुचना पाएर पुगेको जिल्ला प्रहरीको क्राईम ब्रान्चको टोलीले ९ वटा बोरामा रहेको करिब २ क्वीन्टल ७० किल्लोे तस्करी गर्न लागिएको ३ वटा मोटरसाईकल सहित मरिच बरामद गरेको थियो ।

त्यती बेला रावत सिर्सिया प्रहरी चौकीको इन्चार्ज थिए र उक्त मरिच भारत निकासी गर्नकोलागि रावतले तस्करहरु लाई सघाएको थिए ।

जिल्ला बाट गएको टोलीले सिमा नाकाबाट मरिचको बोराहरु बरामद गरेपछि स्थानिय चौकी इन्चार्ज रावतको मिलोमतो उजागर भएको थियो ।

प्रहरी उपरीक्षक गंगा पन्त पर्साको जिम्मेवारी सम्हालेको केही पहिलो साता मै यो प्रकरण भएको थियो । सई रावतलाई कार्यवाही नगरेर उनलाई सोही चौकीमा यथावत राखियो ।

रावतलाई जिल्ला प्रहरी संयंत्र भित्र बाट भएको सहयोगका कारण उनले तस्करीलाई झन संस्थागत बनाउदै लगे ।

तस्करीमा मुछीएका सई चौकी बाट जिल्ला फिर्ता आउदा उनलाई थप पुरस्कृत गरेर अहिले क्राईम ब्रान्चको जिम्मेवारी दिइएको छ ।

पर्सामा खुल्ला सिमानाकाको कारण हुने अपराधीक गतिविधि चोरी तस्करी नियन्त्रणका लागी पर्सा प्रहरीले क्राईम ब्रान्चको नाममा सादा पोषाकमा प्रहरी खटाउने गरेको छ तर मरिच तस्करी काण्डमा मुछिएका सई रावतलाई क्राईम ब्रान्च जस्तो सम्वेदनशिल शाखामा राखेर दुधको साक्षी बिरालो लाई बनाइएको कुरो पर्सा प्रहरी भित्रै चर्चाको विषय बनेको छ ।

पर्साको सिमानाका बाट तस्करी बढेको भन्दै प्रदेश प्रहरी कार्यालय जनकपुरले महिना दिनको अन्तरालमा पर्सा प्रहरीको क्राईम ब्रान्च शाखा प्रमुख प्रहरी निरीक्षक रवीभुषण यादव सहित सई मनोज ठाकुर, प्रहरी हवल्दार रामकिशोर यादव, प्रहरी जवान उपेन्द्र साह र प्रहरी जवान अनिल रायभरलाई कार्यवाहीका लागी तानिसकेको छ ।

error: Content is protected !!