प्याज प्रतिकिलो थोकमा ६५ र खुद्रामा ७५ रुपैंया भन्दा बढीमा बिक्री गरे कारवाही हुने

बीरगन्ज, ४ असोज । पर्सामा प्याजको अधिकतम बिक्रीवितरण मूल्य तोकिएको छ । प्याज अबदेखि प्रतिकिलो थोकमा ६५ र खुद्रामा ७५ रुपैंया भन्दा बढी बिक्री गर्न नपाइने जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र सरोकारवालाहरु बीचको बैठकले हालको लागि प्याजको यस्तो मूल्य निर्धारण गरेको हो ।

बैठकमा भएको निर्णय अनुसार सो मूल्य भन्दा बढी लिई कसैले बिक्री वितरण गरेको पाईएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

साथै, यदि कही कतै प्याज, आलु तथा अन्य खाद्य पदार्थहरुको कालोबजारी गरेको देखेमा र पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

उजुरीकर्ताको विवरण गोप्य राखिने र कालोबजारी गर्ने त्यस्ता व्यापारीलाई तुरुन्तै कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

कृत्रिम अभाव सिर्जना गरी केही दिनदेखि व्यापारीले प्याज चर्को मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । उपझोक्ताको यसै गुनासोमा मध्यनजर गर्दै जिल्ला प्रशासनले पनि केही दिनदेखि बजार अुनगमन र कारवाहीलाई निरन्तरता दिइरहेको छ ।

एक दिन अघि जिल्ला प्रशासनको नेतृत्वमो भएको बजार अनुगमनको क्रममा सहयोग नगर्ने एक पसललाई सिल र चार पसलका संचालकलाई जिल्ला प्रशासन झिकाएर चेतावनी दिइसकिएको छ ।

error: Content is protected !!