संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारका १५ जना कैदीबन्दी रिहा हुँदै 

वीरगञ्ज,३ असोज । वीरगन्ज कारागारका विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका १५ जना कैदीबन्दी  रिहा हुने भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएपछि उनीहरु रिहा हुने भएका हुन् ।

सवारी ज्यान मुद्धाका दुई, कर्तव्य ज्यान मुद्धाका तीन, किर्ते मुद्धाका तीन, नकवजनी चोरी मुद्धाका तीन जना रहेको वीरगन्ज कारागारका प्रमुख जेलर श्रवण पोखरेलले जानकारी दिए ।

यस्तै  वन पैदावार मुद्धाका एक, सवारी अंगभंग मुद्धाका एक, डाँका चोरी मुद्धाका एक, सरकारी छाप दस्तखत किर्ते मुद्धाका एक, कर्तव्य ज्यान मुद्धाका एक महिला रहेको उनले बताए ।

विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरी दुई सय ८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित दुई सय ८९ जनाले  माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदीबन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

 

 

error: Content is protected !!