पर्सामा एकैदिन १ सय ६९ जना कोरोनामुक्त

वीरगञ्ज, ३० भदौ । पर्सामा सोमबार साँझ एक सय ६९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका  छन् ।

कोरोना जितेर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिकाको होम आइसोलेसनमा बसेका ९२ जना, सिद्धार्थ माविको सेमी आइसोलेसनमा बसेका ३३ जना र गोपालमण्डली धर्मशालाको सामुदायिक आइसोलेसनमा बसेका २१ जना छन् ।

यसैगरी होटल विजय ज्योतीको सेमी आइसोलेसनबाट ८ जना, गण्डक अस्थायी कोभिड अस्पतालबाट ७ जना, होटल बाटिकाको सेमी आइसोलेसनबाट ३ जना र पकाहा मैनपुर गाउँपालिकाकाे होम आइसोलेसनमा बसेका ३ जना पनि सोमबार कोरोनामुक्त भए ।

त्यस्तै वीरगन्जको कलवार धर्मशाला र जनगरनाथपुर गाउँपालिकाको सामुदायिक आइसाेलेसनबाट १-१ जना सोमबार नै कोरोनामुक्त भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनीहरूले कोरोना संक्रमण पुष्टि भएको १२ दिनमा कोरोना जितेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे तथ्यांक अनुसार हालसम्म पर्सामा दुई हजार चारसय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये एक हजार आठ सय ३३ जना संक्रमित निको भएका छन् । हालसम्म काेराेनाकाे कारण ४३ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!