नेशनल मेडिकल कलेज द्वारा ३ सय बेडको कोरोना अस्पताल सञ्चालन

वीरगञ्ज,२६ भदौ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले ३ सय बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।

वीरगञ्जको नगवा स्थित बाबा होटलमा निर्माण गरिएको नेशनल मेडिकल कोरोना अस्थायी अस्पतालको आज एक कार्यक्रमका बिच पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्घाटन गरेका छन ।

अस्पतालको उद्घाटन गर्दै प्रजिअ तामाङले यस कोरोना अस्थायी अस्पतालले यस क्षेत्रका संक्रमित व्यक्ति हरूको उपचार गर्न ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पर्सामा कोरोना अस्पताल अपुग भएर घर तथा विधालयमा आइसोलेशन वार्ड निर्माण गर्नु परेको अवस्था लाई मध्यनजर गर्दै आज देखी ३ सय बेड क्षमता भएको कोरोना अस्थायी अस्पताल निर्माण गरेर सञ्चानमा ल्याईएको नेशनल मेडिकल कलेजका प्रबन्धक बसरूदिन अंसारीले जानकारी दिनु भयो।

कोरोना अस्पताललाई आधुनिक सुविधा सम्पन्न तरिकाले बनाईएको र हाल १० वटा भेन्टिलेटर १६ वटा आईसियु र २५ वटा केबिन सहित १ सय ८० वटा बेड मात्र संचालनमा रहेको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए।

उद्घाटन समारोहमा कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी, पर्साका प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!