नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका सम्पूर्ण सेवाहरु सुचारु

वीरगञ्ज,२६ भदौ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफ्नो छुट्टै अस्थाई कोरोना अस्पताल संचालन गरे सँगै सर्वसाधारणकालागि आफ्ना सम्पूर्ण सेवाहरु सुचारु गरेको छ ।

वीरगंजको नगवामा अवस्थित बाबा होटलमा अस्थाई कोरोना अस्पताल संचालन गर्दै वीरगंजको भेडियाही स्थित शिक्षण अस्पतालबाट आफ्ना सम्पूर्ण सेवाहरु सुचारु गरेको हो ।

अस्पतालमा चौबीसै घण्टा ईमरजेन्सी सेवा, शनिवार बाहेक बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ओपिडी सेवा लगायत सम्पुर्ण साधारण तथा सुपरस्पेस्लाइज्ड सेवाहरु यथावतै रुपमा संचालनमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका प्रवक्ता सेराज अहमदले जानकारी गराउनु भएको छ ।

 

 

 

 

 

 

error: Content is protected !!