पत्रकार बिरेन्द्र साहको हत्याका मुख्य अभियुक्त हरेराम पटेल बारा प्रहरीद्वारा पक्राउ

वीरगञ्ज, २५ भदौ । बाराका पत्रकार बिरेन्द्र साहको हत्यामा संमलग्न रहेका मुख्य अभियुक्त हरेराम पटेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बाराको कोल्वी नगरपालिका सपहीबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पटेल लुकीछिपी कोल्वी र निजगढ आपसापको क्षेत्रमा वस्दै आएको बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले कोल्वी नगरपालिकाको वडा नं. ७ सपहीबाट पटेललाई पक्राउ गर्न सफल भएको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले बताउनु भयो ।

१३ बर्ष पछि पटेल प्रहरीले पक्राउ गर्न सफल भएको छ । यस अघि बारा प्रहरीले मनोज गिरी, रामएकवाल सहनी र कुन्दन फौज्दारलाई पक्राउ गरी सकेको छ । पत्रकार साहको हत्यामा संमलग्न रहेका अर्का एक दोषी लालबहादुर चौधरी धामी भने फरार रहेका छन् ।

प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बाराका प्रहरी उपरीक्षको कमाण्ड समालेको एक महिना भित्र कुन्दन फौज्दारलाई पक्राउ गर्न सफल भएका थिए ।

पछिल्लो पटक उनकै नेतृत्वमा रहेको बारा प्रहरीले पटेललाई पक्राउ गरेको छ । पटेल माथी अन्य लुटपाट तथा अपहरण लगायतका मुद्दाहरु रहेको बारा प्रहरीले जनाएको छ ।

तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण गरी हत्या गरेका थिए ।

 

error: Content is protected !!