वीरगञ्जमा निषेधाज्ञा भदौ ३१ सम्म, शनिवार बाहेक बजार दैनिक खुल्ने

वीरगञ्ज, २५ भदौ । वीरगञ्जमा जारी रहेको निषेधाज्ञालाई भदौ ३१ गते सम्म लाई निरन्तरता दिने प्रशासनले निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौं २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लागु गरेको हो ।

बैठकको निर्णय अनुसार वीरगञ्ज बजार क्षेत्रका पसलहरु अब आवश्यक सुरक्षा मापदण्डलाई अपनाएर शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ ।

त्यसैगरी फलफूल र तरकारी बजारपनि सधै खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एक तर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरु खोल्न पाइने छ ।

दुई पसल बीच कम्तिमापनि १५ फिटको दूरी कायम गर्नुपर्ने प्रशासनको निर्देशन छ ।  तरकारी र फलफूल पसलको लागि तोकिएको निर्धारित समय हटाईएको छ ।

प्रशासनले भने आवश्यक बाहेक सार्वजनिक यातायातलगायातका सम्पूर्ण सवारी साधनहरुको ओहोरदोहोरमा रोक लगाएको छ ।

error: Content is protected !!