पर्सामा तस्करी नियन्त्रण गर्न प्रदेशले खटायो विषेश टोली 

वीरगञ्ज, २५ भदौ । पर्साको सिमा नाकाबाट निर्वाधरुपमा अबैध ओसार पसार भइरहेको गुनासो बढदै गएपछि नेपाल प्रहरीको प्रदेश २ कार्यालयले सिमा नाकामा बिषेश निगरानी सुरु गरेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरले पर्साको दुई सिमावर्ती प्रहरी युनिटमा विषेश निगरानीको लागि थप प्रहरी खटाएको छ ।

प्रहरी चौकी सिर्सिया ड्राइपोर्ट र अमरपटीमा विषेश प्रहरी टोली परिचालन गरिएको छ ।

सिर्सियामा असई हिरालाल यादवको कमाण्डमा १० जना र अमरपटीमा असई अमरबहादुर आले मगरको कमाण्डमा १० जनाको दुई वटा थप टोली परिचालन भएको हो ।

आवश्यकता अनुसार अन्य ठाउमा पनि प्रदेशबाट सिमावर्ती प्रहरी चौकीहरुमा प्रहरी पठाउने प्रदेश प्रहरी कार्यालय श्रोतले जनाएको छ ।

पर्साको सिमावर्ती क्षेत्रमा अबैधरुपमा मानिसको आवागमन तथा खाधान्य, लता कपडा, मोटर्स पार्टस, केराउ, मरिच लगायतका समानको निर्वाधरुपमा जारी रहेको चोरी निकासी, पैठारी नियंत्रणका लागि विषेश कडाई गर्न प्रदेशले छुटै टोली परिचालन गरेको हो।

कोरोना महामारीका कारण विगत साढे ५ महिना देखी नेपाल भारतको सिमा शील भएपनि तस्करी भने नियंत्रण हुन नसकेको हो ।

सिमा अपराध र अबैध पैठारी र निकासीलाई नियंत्रण गर्न विषेश टोली पर्सामा खटाइएको नेपाल प्रहरीको प्रदेश २ कार्यालयले जनाएको छ ।

पछिल्ला केहि दिन यता पर्सा प्रहरी कै मिलोमतोमा तस्करी भइरहेको तस्विर र भिडियो विभिन्न संचार माध्यम तथा समाजिक संजालमा आएपछि प्रदेश प्रहरी कार्यालयले निगरानी गरेको जनाईएको छ ।

पर्साको धोरे , सिर्सिया, सिवान टोला, अमरपटी , इनर्वा गाउ लगायतका नाकाबाट तस्करी भइरहेको पाइन्छ ।

पर्सामा अहिले सशस्त्र प्रहरीले तस्करीको माल समान धमाधम पक्राउ गर्ने अवस्थाले पनि पर्सा प्रहरीको मिलोमतोलाई प्रष्ट गरेको छ ।

error: Content is protected !!