तस्करी गराउने नेपाल प्रहरीको योजना सशस्त्रले तुहायो

बीरगञ्ज, २४ भदौ । नेपाल भारतको सिमा शिल भएपनि अहिले पर्साको छोटी नाकाहरुबाट नेपाल प्रहरीको सेटिङ्गमा निर्वाधरुपमा तस्करी भइरहेको पाइएको छ ।

पछिल्ला दिनहरुमा सिमा शिल भएपनि तस्करी चालु रहेको समाचारहरु संप्रेषण भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम युनिटले योजनाबद्ध रुपमा तस्करी गराउने सेटिङ्ग गरेको विभिन्न उदाहरणहरु फेला परेका छन ।

गएको सोमबार राती गस्तीमा रहेको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय पर्साको टोलीले पिकअप गाडीमा रहेको १ सय बोरा केराउ नियन्त्रणमा लिएपछि तस्कर र नेपाल प्रहरीको सेटिङ्गको पोल खुलेको छ ।

पर्साको धोरे नाका बाट पिकअप गाडी बाटै केराउ तस्करी गर्ने योजना सशस्त्र प्रहरीले तुहाई दिएको छ ।

बाराको कलैयाबाट लोड गरिएको केराउ पर्साको धोरे हुदै भारतिय सिमावर्ती शहर भेलाहीमा पुर्याउने तस्करहरु र पर्सा प्रहरीको योजना थियो ।

धोरे नपुग्दै बार्वागोग चौक बाट नै सशस्त्र प्रहरीले बा १४ च २९१६ नम्बरको पिकअप गाडीमा लोड रहेको १ सय बोरा केराउ नियन्त्रणमा लियो ।

हाम्रो स्रोतले जनाए अनुसार धोरे कै ४ जना व्यापारीहरुले उक्त केराउ खरिद गरी बारा बाट ल्याएको र धोरेको बाटो हुदै रातीमा भारत तर्फ पठाउने योजनामा सशस्त्र प्रहरीले बज्रपात गर्यो ।

अहिले प्रहरी चौकी धोरेको ईन्चार्ज प्रहरी सहायक निरीक्षक नवल किशोर यादव छन, महिना दिन अगाडी उनी प्रहरी चौकी टिहुकीको इन्चार्ज थिए ।

आर्थिक कमाईका हिसाबले सुगम मानिएका भारतिय सिमा संग सटेको यि दुवै प्रहरी चौकी ईन्चार्ज जान जिल्लामा पावर तथा पैसा खर्च गरेर जाने गर्छन ।

तर नवल किशोर यादव द्रोश्रो पटक सिमामा रहेको चौकी ईन्चार्ज हुन पाएका भाग्यमानी असई हुन ।

असई यादवमाथी जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च शाखा प्रमुख प्रहरी निरीक्षक रवि भुषण यादवको आशिर्वाद छ ।

असई यादवलाई ईन्सपेक्टर यादवले केराउ तस्करहरुलाई सघाउन पठाएको त हैन ? भनी प्रश्न चिन्ह खडा भएको छ ।

सर्वसाधारणले साईकल तथा मोटरसाईकलमा चामल पनि खरिद गरेर लग्दा प्रहरीले चौक पिच्छे चेकजाच गर्छ तर बारा जिल्लाबाट पिकअप गाडीमा लोड गरेर वीरगञ्जको ड्राइपोर्ट हुदै तिलावेपुल पार गरेर बार्वागोग सम्म पुग्दा बाटोमा कत्तै चेकजाच हुदैन यस्ले नेपाल प्रहरीकै मिलेमतोलाई प्रष्ट गरेको छ ।

जिल्ला प्रहरीको क्राईम टोलीलाई नमिलाई यतिको ठुलो संख्यामा केराउको तस्करी गर्ने आट कुनै व्यापारीले गर्दैन नाम नछाप्ने सर्तमा एकजना व्यापारीले बताए ।

प्रहरी निरीक्षक यादवले आफु अनुकुलका चौकी ईन्चार्ज पठाएर तस्करलाई सघाउने र आर्थिक लाभ लिने योजना तहत नै नवल किशोर यादवलाई प्रहरी चौकी धोरेको ईन्चार्जमा पठाएको आशंका उब्जिएको छ ।

error: Content is protected !!