विभिन्न मांग राख्दै नेविसंघले गर्यो ठाकुरराम क्याम्पसमा तालाबन्दी

वीरगञ्,२३ भदौ । नेपाल विधार्थी संघ ठाकुरराम क्याम्पस एकाई समितिले विभिन्न माग राखेर क्याम्पसमा तालाबन्दी गरेको छ ।

यस भन्दा पहिला पनि नेपाल विधार्थी संघ, क्याम्पस एकाई समितिले विभिन्न समयमा विधार्थी हकहित तथा क्याम्पसको समसामयिक विषयमा राखेको माग प्रति क्याम्पस प्रशासनले कुनै ध्यान नदिएको भन्दै क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेको थियो ।

तर बार्ताबाट समस्या समाधानको लागि कलेज प्रशासनले खासै चासो नलिएको भन्दै थप बिभिन्न मागहरु राखी एकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको हो ।

ठाकुर राम क्याम्पस नेविसंघ एकाई समिति अध्यक्ष मनोज साहले एक प्रेस विज्ञप्ती प्रकाशित गरी क्याम्पस भित्र बेथितिहरुको श्रृखंलाहरु बढदै गएको, क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न,उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विधार्थी हकहितसँग सम्बन्धित हाम्रा महत्वपूर्ण विषयलाई गम्भीरु रुपमा लिन लागायतका १४ सुत्रिय माग राखी क्याम्पसमा पूर्णरुपमा तालाबन्दी गरेको जानकारी दिएका छन् ।

साथै वार्ता द्वारा तत्काल तालाबन्दी खुलाउन सुधारका कदमहरु अघि बढाउन ने.वि.संघ ठा.रा.ब.क्याम्पस एकाई समिति अन्तिम पटक माग समेत गरेको छ ।

 

error: Content is protected !!