पर्साको पोखरियामा पासो लगाएको अवस्थामा मृत भेटिए दुई महिला

वीरगञ्ज,२३ भदौ । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा गएराति दुई विवाहित महिलाले पासो लगाएर आत्महत्या गरेका छन्।

पोखरिया नगरपालिका वडा ९ र १० का दुई महिलाले झुन्डिएर आत्महत्या गरेका हुन्।

वडा ९ सेमरवारीमा बस्ने श्याम किशोरप्रसाद तुरहाकी पत्नी २५ वर्षीया पूजा देवीको र सोही पालिकाको वडा १० मा बस्ने निरन्जन पटेलकी पत्नी ३५ वर्षीया विद्यान्ती देवीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए।

पूजा देवीले छतको सिलिंंगमा कपडाको पासो लगाएर तथा विद्यान्ती देवीले घरको बाँसमा कपडाको पासो लगाएका थिए।

आत्महत्याको कारण पुष्टि भएको छैन। आत्महत्याजस्तै देखिएको भए पनि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दुवैले आत्महत्या गरेको घटनाको खबर प्रहरीले मंगलबार बिहान आधा घण्टाको फरकमा पाएको थियो।

वडा नम्बर ९ र वडा नम्बर १० दुईवटै घटना घरायसी झगडा रहेकाले थप अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए।

इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोली पुगेर मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।

यता पूजा देवीको माइतीपक्षले अनुसन्धान गर्न माग गरेको छ। पटेर्वा सुगौली गाउँपालिका २ रंगपुर टाडीका माइतीले पूजाको हत्या गरिएको आशंका गर्दै अनुसन्धान माग गरेको हो।

माइती पक्षका अनुसार पूजालाई ससुराले घरमा सधैं यातना दिने गरेको थियो। आत्महत्या गरेको नभई हत्या भएको भन्दै माइती पक्षले घटनाको वास्तविकता अनुसन्धान गर्न माग गरेको छ।

 

error: Content is protected !!