सिमानाकामा रहेका प्रहरी चौकी तस्कर सामु नतमस्तक, क्राईम ब्रान्च पनि रहेन अछुतो

वीरगञ्ज,२३ भदौ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले भारत संग जोडिएको सबै सिमानाकाहरु सिल गरेको भएपनि पर्सामा भने यसलाई प्रहरीले कमाई खाने भाडो बनाएका छन ।

पर्साको खुला सिमा नाकाको फाईदा उठाएर खुलेयाम रुपमा तस्करी भईरहेको समाचार प्राप्त हुन आएको छ ।

सिमामा रहेका प्रहरी चौकीहरु आर्थिक प्रभावमा परेर भारत बाट मानिसहरु निर्वाध रुपमा नेपाल प्रवेश गरिरहेका छन तथा अवैध रुपमा भन्सार छली ठुलो संख्यामा तस्करीका समान पनि भित्रिरहेको छ ।

लकडाउन कै समयमा भारतबाट पर्साको अलौ सिवान र इनर्वा नाकाबाट भारतिय मजदुरहरु नेपाल प्रवेश गर्दा पर्सामा कोरोना भाइरस संक्रमण बढेको विभिन्न समाचार माध्यममा आइरहेको भएपनि सिमानाकामा रहेका प्रहरी युनिटहरु नाकामा कडाई गर्नुको साटो तस्कर समुहको आर्थिक प्रभावमा परि नतमस्तक झै बन्न पुगेका छन ।

अहिले पर्सामा विस्तारै कोरोना भाईरस संक्रमण क्रमिक रुपमा सुधार हुन लागेको अवस्थामा वीरगञ्जको इनर्वा गाउँ र अलौ सिवान टोला भन्ने ठाउमा रहेका सिमानाकाहरुमा भारत बाट नेपाल प्रवेश गर्ने भारतीय नागरिक तथा तस्कर समुहले निर्वाध रुपमा भारत ओहोर दोहोर गरेर पर्सा जिल्लालाई पुन कोरोना भाईरसको संक्रमणको चपेटामा त पुर्याउदैनन भनी आम नागरिकले चिन्ता व्यक्त गर्न थालेका छन ।

वीरगञ्जको इनर्वा गाउँ भएर बलिरामपुर बाट तथा बाँसघारीबाट तस्कर समुहले भारत बाट लत्ता कपडा, हार्डवेयर, मोटरपार्टस लगाएतको समानहरुको चोरी पैठारी गरि नेपाल भित्रयाईरहेका छन ।

तस्कर समुहलाई इनर्वा गाउँमा रहेको प्रहरी चोकीको सहयोग रहने गरेको स्थानीय बताउछन । त्यसैगरी वीरगञ्जको अलौ सिवान टोला नाकाबाट अहिले सिमा वारपार गर्नमा कुनै रोकटोक छैन ।

सिमावर्ती भारतिय शहर रक्शौल पुगेर नेपाल आउने तथा नेपाल बाट भारत तर्फ जाने कसैलाई पनि प्रहरीले निषेध गरेको छैन । यस्को फाईदा तस्कर समुहले राम्ररी उठाइरहेका छन ।

मुख्य भन्सार नाका भएर अवैध लागु औषधको ओसार पसार गर्ने केही समुहहरु अहिले अलौ सिवान नाकाबाट टिटिजेसिक सुईहरु तथा नशाका लागी प्रयोग गर्ने विभिन्न टयाबलेटहरुको ओसार पसार गरिरहेको बुझिएको छ ।

अलौ सिवान नाकाबाट रातीको समयमा स्थानीय केही व्यक्तीहरुले केराउ मटरको तस्करी गरिरहेको हाम्रो स्रोतले जनायो ।

रातीको ८ बजे पछि साईकलको माध्यमले ड्राईपोर्ट चौक स्थित रहेको केही पसल तथा ठाकुरराम क्याम्पस छेउ रहेको पसलहरुबाट केराउ मटर अलौ गाउ सम्म पुर्याउने र रातीको समयमा भारत तर्फ तस्करी गरिरहेका छन ।

प्रहरी चौकी सिर्सीयाले स्थानीय केही तस्कर समुहको आर्थिक प्रभावमा परि केराउ मटरको तस्करी धन्धालाई सहयोग गरिरहेको नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए ।

रातीको १२ बजे पछि केराउ मटर बोकेको साईकल तथा मोटरसाईकलहरुको लाम्बद्ध लाईन लागेको हुन्छ भारतीय सिमा तर्फ ।

पर्सामा अपराधिक गतिविधी चोरी तस्करी नियन्त्रणका लागी बनाइएको क्राईम ब्रान्चको सादा पोषाकको प्रहरी टोली चोरी तस्करी नियन्त्रणमा खासै प्रयास गरेको देखिदैन ।

असई हुदा विगतमा पर्सा मै घुमुवा रहेका हालको क्राईम ब्रान्चको जिम्मेवारी पाएका प्रहरी निरीक्षक रवि भुषण यादव वीरगञ्जमा दिनहु भइरहेको चोरी तथा सिमानाका बाट भइरहेको तस्करी नियन्त्रणमा असफल साबित हुदै गएका छन ।

उनले कमाण्ड सम्हाले यता खासै फडको मार्न सकेका छैन बरु चैत्र देखि लगाइएको लकडाउनका कारण कम मात्रामा भइरहेको तस्करी २ महिना यता देखी हवात्तै बढेको कारण क्राईम पनि तस्कर समुहको प्रभावमा त परेको छैन भनी आशंका उब्जिन थालेको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!