प्रदेश सांसद अन्सारी द्वारा ‘क्याट’ टिमलाई खाधान्न समाग्री सहयोग

वीरगञ्ज, २२ भदौ । प्रदेश सांसद जन्नत अंसारीले आज एक कार्यक्रमका बिच कोभिड एक्सन टिम (CAT) लाई खाधान्न समाग्री सहयोग गरेका छन ।

क्याट द्वारा संचालित एवम वडा न १३ का युवाहरूको ब्यवस्थापनमा निशुल्क खाना बितरण कार्याक्रमलाई सहयोग स्वरुप प्रदेश सांसद अन्सारीले १५० किलो आलु लगायत समाग्रीहरु क्याटलाई हस्तान्तरण गरेका हुन ।

प्रदेश सांसद अन्सारीले खाधान्न समाग्री हस्तान्तरण गर्दै कोभिड एक्सन टिम (CAT) पर्साले बिगत केहिदिन देखि कोभिड महामारीमा उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफू पनि सहयोग गरेको र अगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहयोग समाग्री जिल्ला समन्वय समितिको प्रमुख एवं CAT पर्सा संयोजक नेक महम्मद अन्सारीले खाधान्न सामाग्री बुझ्दै सांसद अन्सारीलाई सहयोगको लागी सम्पुर्ण CAT को तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचीव श्याम पटेल, तत्कालीन समाजबादी पार्टी जिल्ला सचीव तबरेज अहमद, नेकपा प्रतिनिधि सन्जिव मिश्रा, CAT सदस्य शैली चौधरी लगायतको उपस्थिति रहेको कुरा CAT सदस्य तबरेज अहमदले जानकारी दिनु भयो ।

error: Content is protected !!