विश्वास पात्र बाटै धोखा खादै एसपी पन्त, क्राईमले आँखा चिम्लिदा रुकेन तस्करी

वीरगञ्ज, १९ भदौ । पर्सा प्रहरीको कमाण्ड सम्हाले देखी नै आफनो कार्य प्रती निष्ठावान र इमान्दारीताका कारण चर्चामा रहनु भएकी पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले आफनै विश्वास पात्र बाट धोखा खाइरहेकी पर्साको विभिन्न नाकाहरु बाट अहिले भइरहेको खुलेयाम तस्करीले प्रस्ट पारेको छ ।

प्रहरी उपरीक्षक पन्तले विश्वास गरेर पर्सा प्रहरीको अतिनै सम्वेदन सिल विभागको रुपमा रहेको क्राईम ब्रान्च शाखाको प्रमुखमा राखेकी प्रहरी निरीक्षक रवि भुषण यादव नेतृत्वको टिमले आखाँ चिम्लिदा पर्साको सिमानाकाहरु बाट निर्वाध रुपमा तस्करी भइरहेको भिडियो यस अनलाईनले प्रमाण समेत सुरक्षीत राखेको छ ।

पर्सामा क्राईम टोलीको सहयोग बिना सिमानाका बाट तस्कर समुहले एउटा सियो समेत तस्करी गरेर भित्रयाउन सक्दैनन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले भारत संग जोडिएको नेपालको सबै खुला सिमा नाकाहरुलाई सिल गरेको छ तर सिमानाकामा रहेका प्रहरी युनिटहरु तस्कर संग साठगाठ गरेर दिउसै तस्करी धन्धालाई निर्वाध चलाईरहेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालीकामा भदौ २५ गते सम्मको लागी निषेधाज्ञा लाई निरन्तरता दिएको छ तर वीरगञ्ज भन्सारको पछाडी रहेको इनर्वा गाउको सिमावर्ती बोर्डर नाकामा यस्को कुनै असर देखिदैन ।

इनर्वा गाउ संगै सटेको भारतिय सिमानाकामा सिमा सुरक्षा तथा सबै किसीमका आवत जावतमा रोक लगाउन खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले मानव आवत जावत तथा तस्करहरुको लागी भने ओहोर दोहोरका लागी कुनै अवरोध गरेका छैनन ।

यस अनलाईनका प्रतिनिधी उक्त ठाउमा पुग्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी कै सामुने बाट साईकल मोटरसाइकल तथा अपांगहरुलाई प्रयोग गरेर इनर्वा गाउको बांसघारी बाट दिनको १० बजे देखी नै निर्वाध रुपमा भारत बाट तस्करी गरेर नेपाल तर्फ भित्रयाउने गरेको देखियो ।

उक्त बाँसघारी भएको ठाउ भएर दिन भरी तस्करी हुने गरेको स्थानीय बताउछन । स्थानीय प्रहरी चौकी इनर्वा गाउका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेले तस्करहरु संग साठगाठ गरेर तस्करी लाई बढावा दिएको स्थानीयले बताए ।

यस ठाउमा बन्दको कुनै असर छैन तपाई जति बेला आउनु साईकल मोटरसाईकलमा भारत पुगेर मान्छे ओहोर दोहोर गरेकै हुन्छ तस्करहरुको लागी त झन कुनै रोक टोक छैन के प्रहरीको सहयोग बिना यो सम्भव छत भनी स्थानीयले उल्टै प्रश्न तेर्साए ।

प्रहरी सहायक निरीक्षक पाण्डेले रकम असुलीका लागी सादा पोषाकमा प्रहरी जवान जयप्रकाश यादवलाई समेत खटाएको स्रोतले जनायो ।

भारत बाट तस्करी गरेर वीरगञ्ज सम्म माल समान पुरयाउनु पर्ने भएकोले स्थानीय प्रहरी चौकीको सहयोगले मात्र तस्करी सम्भव हुदैन क्राईम टोलीको आशिर्वाद बिना खुला सिमा नाकाबाट तस्करी असम्भव मात्रै होईन तस्कर समुहले सोंचनै नस्कने नाम नछाप्ने सर्तमा एकजना तस्करले बताएका छन ।

पर्सामा तस्करी रोकीएको बारे केही दिन यता देखी विभिन्न मुलधार बाहीर रहेका केही सञ्चार माध्यममा आइरहेको समाचारमा कुनै सत्यता नरहेको इनर्वा गाउबाट भइरहेको खुलेयाम तस्करीले प्रस्ट पारेको सजिलै बुझन् सकिन्छ ।

error: Content is protected !!