वीरगञ्जमा चोरीका घटनामा बृद्धी, पर्सा क्राईम टोली सिमा नाकामा मस्त

वीरगञ्ज, १८ भदौ । अपराधीक गतिविधी तथा चोरी नियन्त्रणका लागी खटाईने सादा पोषाकका प्रहरी सिमा क्षेत्रबाट हुने अवैध तस्करी तर्फ ध्यान केन्द्रीत गर्दा वीरगञ्जमा दिन प्रति दिन चोरीका घटनामा वृद्धी हुन थालेको छ ।

वीरगञ्जमा केहि दिन यता श्रृंखलाबद्धरुपमा चोरीका घटनाहरुमा बृद्धी हुन थालेपछि स्थानीय चिन्तित बनेका छन । वीरगञ्ज महानगरपालीका वडा नम्बर ५ विर्ता जेल पछाडी रेल्वे रोडमा गएको ३ दिनमा ४ वटा चोरीका घटनाहरु भएका छन ।

यसैगरी वीरगञ्ज १६ नगवा, भिष्वा, बाईपास र वीरगञ्ज ११ रानिघाट लगाएतको ठाउहरुमा लगातार चोरीका घटनाहरु भएको पिडितले जनाएका छन ।

वीरगञ्जको जेल पछाडी रहेको रेल्वे रोडमा विहिवार बिहान ३ बजेको समयमा ४-५ जनाको संख्यामा रहेका चोरहरुको समुहले स्थानीय गिता न्यौपानेको घरको मुख्य ढोका फुटाउन खोज्दा छिमेकीले थाहा पाएर लखेटेका थिए ।

यस अघि चोर समुहले विकाश पाण्डेको घरमा पसेर चोरी गर्न लागेको अवस्थामै स्थानीयले चोरहरुलाई लखेटेका थिए । विगतमा राती रातीमा समेत हुने प्रहरीको गस्तीका कारण सुरक्षीत रहेको वीरगञ्ज कोरोना भाईरसको महामारीका कारण प्रहरीको गस्ती रातीमा कमी हुदा चोरीका घटनामा बृद्धी हुन थाले संगै स्थानीय असुरक्षीत महशुस गर्न थालेका छन ।

सादा पोषाकमा खटिने पर्सा प्रहरीको क्राईम टोली रातीमा वीरगञ्जमा गस्ती गर्नुको साटो सिमा नाकामा पुगेर तस्करी गतिविधी तर्फ ध्यान केन्द्रीत गर्दा वीरगञ्जमा चोरहरुको विगविगी बढन थालेको बताइन्छ ।

विगतमा पर्सा प्रहरीको क्राईम टोली सक्रिय हुदा चोरहरुको गतिविधी नियन्त्रणमा थियो तर हाल पर्सा प्रहरीको क्राईम टोलीमा खटिने प्रहरीहरुको ध्यान सिमा नाकाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्ने नाममा तस्करहरु संग साठगाठ गरेर पनि एनी हाउ माल कमाउ तर्फ केन्द्रीत हुदा वीरगञ्जमा श्रृंखलाबद्ध रुपमा चोरीका घटनाहरु बढेको हो ।

यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

error: Content is protected !!