राष्ट्रिय एकता अभियान द्वारा सरकार विरुद्ध ४ जिल्लामा प्रदर्शन

वीरगञ्ज, १४ भदौ ।  कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीब जनताको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं, महाेत्तरी, धनुषा र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।

मिथिला बिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागि राहत को कुनै व्यवस्था नगरेकोले सरकारको बिरोधमा अभियानले प्रदर्शन गरेकाे हाे।

गरीब मजदूर हरुको लागी अबिलम्ब सरकारले राहतको व्यवस्था गर्नको लागि गरिएको प्रदर्शन को नेतृत्व मिथिला बिहारी नगरपालिकाका संयोजक ओमप्रकाश मण्डलले गरेका थिए।

१२ किलो चामलमा ६ महिना कसरी धान्ने ?
सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार,जनता के बेकुफ हो सरकार ? जनता कहिलेसम्म लाचार,सबैलाई निशुल्क पिसिआर, कुर्सी हैन, जनता जोगाउ लगाएतको नारा अंकित प्लेकार्ड बोकेर सरकार विरुद्ध प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा स्थानीय अभियन्ता ओमप्रकाश साह, रुपेश यादव, राकेश मंडल, गणेश साह, संतोष साह, अशोक साह, प्रदीप साह, नितीश यादव, सरोज यादव, सत्य देव साह, दीपेन्द्र साह, शिव साह लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै महोतरी स्थित लोहरपट्टी गाउँपालिकामा स्थानीय संयोजक दीपेश साहको अगुवाईमा अभियानकाे प्रदर्शन भएको छ।

त्यस्तै अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियान अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।

error: Content is protected !!