प्रहरी परिवार न्याय पाउन प्रहरी कार्यालय धाएको धाई, भएन सुनवाई

वीरगञ्ज,११ भदौ । अरुलाई न्याय दिलाउन दिन रात नभनि खटिरहको एक प्रहरी परिवारले आफै न्याय पाउन प्रहरी कार्यालय भौतारिनु परेको घटना प्रकाशमा आएको छ ।

पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ५ भिस्वाका स्थानीय मुकेश गुप्ताको परिवारले आज १० औ दिन देखी प्रहरी कार्यालय धाउदा समेत कुनै सुनवाई नभएको गुनासो गरेका छन ।

भिस्वा कै स्थानीय अशोक रौनियारको परिवारले आफनो परिवार संग भदौ १ गते झगडा गरेर मर्णासन्न हुने गरी कुटपिट भएको घटनामा प्रहरीले जाहेरी दर्ता नगरेको पिडीत मुकेश गुप्ताले आरोप लगाए ।

मुकेश गुप्ता,धनवन्ती देवी र सरिता कुमारी लाई कुटपिट गरी टाउको फुटाउनुको साथै हाथ समेत भाचिदिएर गम्भीर घाइते भएको अवस्थामा वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार पछी हाल अली अर्थो अस्पतालमा थप उपचार भइरहेको पिडीत गुप्ताले बताए ।

ज्यान मार्ने उद्देश्य ले नै प्रि प्लांनिंग अनुसार आफनो परिवार माथी भएको उक्त घटनामा परेर हाल सम्म उपचार मै रहेको आफनो परिवारलाई यस्तो अवस्थामा पुर्याउनेलाई कार्यवाही गर्न जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा जादाँ समेत कुनै सुनवाई नभएको पिडित गुप्ताले आरोप लगाए ।

पर्साका एसपी गंगा पन्त र डिएसपी मनोजित कुँवरलाई समेत भेटेर अवस्था बारे पटक पटक जानकारी गराएपनि कुनै सुवाई नभएको उनले दुखेसो पोखे ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि हुलाक मार्फत समेत जाहेरी दर्ताका लागी पठाइएपनि हाल सम्म प्रहरीले जाहेरी दर्ता नगरेको उनले आरोप लगाए ।

जाहेरी दर्ता गर्नुको सटटा प्रहरीले बरु गाउ मै गएर मिलापत्र गर्नुस भनेर पठाउने गरेको उनले बताए ।

आज घटना भएको ११ दिन भयो मेरो परिवार अहिले पनि उपचार मै छ पिडकहरु खुलेयाम घुमिरहेका छन प्रहरीले कुनै वास्ता गर्दैन कहाँ न्यायको लागी जाने भनेर दुखेसो पोखेँ ।

error: Content is protected !!