वीरगञ्ज महानगरका मेयर २५ औँ दिनमा कोरोनामुक्त

वीरगञ्ज। वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५औँ दिनमा कोरोनामुक्त भएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो । मेयर सरावगीले आइतबार भएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका छन् । केही दिनभित्रै महानगरवासीको सेवा आफू जुट्ने मेयरले जनाएका छन् ।

error: Content is protected !!