लायन्स क्लब अफ बीरगञ्ज नोर्थ द्वारा पर्सा प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग

वीरगञ्ज,६ भदौ । लायन्स क्लब अफ वीरगञ्ज नोर्थले पर्सा प्रहरीलाई विभिन्न स्वास्थ समाग्री सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएको हस्तांतरण कार्यक्रममा क्लबका अध्यक्ष सञ्जय अग्रवाल तथा पुर्व अध्यक्ष गोविंद साहले संयुक्त रूपमा पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापालाई स्वास्थ सामग्री हस्तांतरण गरे ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी फ्रन्टलाईनमा खटिरहेका सुरक्षाकर्मी हरूलाई अति आवश्यक पर्ने पानी तताउने बिधुतीय केट्लि ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६० थान, ओक्सिमिटर ५ थान, थेर्मोमिटर १० थान र २५ कार्टून पानी लगायतको सहयोग गरिएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताउनु भयो ।

आगामी दिनमा पनी यस्ता सहयोग लाई निरंतरता दिईने क्लबका अध्यक्ष अग्रवालले बताए ।

error: Content is protected !!