वीरगंज भएर २ अर्ब भन्दा बढीको मरिच आयात

वीरगंज,अषाढ १ ।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मुलुकमै सर्वाधिक बढी मरिच आयात भई रहेकोे छ । यस बाहेक वीरगन्ज र आइसिपि नाकाबाट पनि हाल मरिच आयात भई रहेको छ ।

पछिल्ला ११ महिना देखि मरिचको आयात १२ गुणाले बढेको भंसार तथ्याङ्गले देखिन्छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आवको पहिलो ११ महिनामा बीरगन्ज भएर २ अर्ब २० करोड ३९ लाख ४६ हजार रुपैया बराबरको ५५ लाख ८४ हजार १ सय ४९ किलो मरिच आयात भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा मात्र ३२ करोड ८० लाख रुपैया बराबरको ४ लाख १ हजार ४ सय ३ किलो मरिच आयात भएको थियो । भंसार तथ्यांङ्गले पछिल्ला ११ महिनामा आवश्यक्ता भन्दा ५० लाख किलो मरिच बढी भित्रिएको पाइन्छ ।

अर्थात १ वर्षमा १ अर्ब ८० करोड मुल्य बराबरको ५० लाख किलो भन्दा बढी मरिच भारत तस्करी भएको छ । नेपालमा मरिच बिशेष गरी भियतनाम र ब्राजिलबाट आयात हुन्छ ।

मरिचको मुख्य औद्योगिक आयातकर्तामा डाबर नेपाल र चौधरी गु्रप छन् भने अन्य आयातकर्तामा आधा दर्जन बढी टे«डिङ्ग कम्पनी छन् । ती मध्ये अधिकांश वीरगन्जकै छन् ।

मरिच उत्पादक मुलुकहरुमा यस बर्ष अत्यधिक मरिच उत्पादन भएकाले ती मुलुकले यसको मूल्य पनि घटाएकाछन् । उनीहरुले अझै केही बर्ष उत्पादन वृद्धीसंगै मूल्य घटाउदै लग्ने नीति अपनाएकाछन् ।

भारतले आफ्ना किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेश्रो मुलुकबाट आयातमा कडाई गरेको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!