नेविसंघ द्वारा दोस्रो दिन पनी गरिब असहायलाई खाना वितरण

वीरगञ्ज,६ भदौ । पर्सामा निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले दोस्रो दिन पनि खाना खुवाएको छ ।

संघले १ सय जना दैनिक ज्यालादारी गरी छाक टार्ने गरिब असहाय लाई खाना खुवाईएको नेविसंघ ठाराब एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाराब एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खान बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो ।

संघले बिहान र बेलुका गरी २ सय जनालाई खाना खुवाउने जनाएको छ ।

आजको खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रवी साह,भुपेन्द्र यादव र राजा यादव लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए ।

 

error: Content is protected !!