प्रदेशको नक्कली घुमुवा बनेर दुईजना प्रहरीले अवैध असुली गर्दै

वीरगञ्ज,०६ भदौ । आफुहरु दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोषाकमा खटिएको घुमुवा भनेर वीरगञ्जमा कार्यरत दुईजना प्रहरीले दर्जनौ तस्करहरु संग अवैध असुली गरीरहेको भेटिएको छ ।

आफुहरु प्रदेशको घुमुवा बताउने ति दुवैजना प्रहरीहरु हाल लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार रामविश्वास यादव र जिल्ला प्रहरी कार्यालय पर्साको टाईगर टोलीमा कार्यरत प्रहरी जवान शैलेन्द्र यादव हुन । यी दुवैजना प्रहरी नातामा पर्ने दाई भाई हुन ।

प्रदेश २ मा हाल सादा पोषाकको टिम नभएको मौकामा नक्कली घुमुवा भनेर यी दुवैजना प्रहरीले अवैध असुली गरिरहेका छन । बाराको बलिरामपुर र पर्साको अलौ नाका भएर अवैध ओसार पोसारमा लागेका दर्जनौ तस्करहरुलाई यी दुवैजना प्रहरीले आफुहरु प्रदेश २ बाट सादा पोषाकमा खटिएको घुमुवा बताएर दर्जनौ तस्करहरु संग अवैध रुपमा असुली गरिरहेका छन ।

आफु दुवैजनालाई प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले विषेश रुपमा खटाएको बताएर बाराको बलिरामपुरका दर्जनौ तस्करहरु संग रकम असुलेको नाम नछाप्ने सर्तमा एक स्थानीय व्यापारीले बताए । र रकम नदिने तस्करहरुलाई आफनो मोबाईल नम्बर ९८४३११६९४७ बाट शैलेन्द्र यादवले र ९८१६८०९७२६ नम्बर बाट रामविश्वास यादवले फोन गरेर धम्कयाउने गरेको एक व्यापारीले गुनासो गरे ।

हाल सम्म यहांका एक दर्जन जति तस्करहरुलाई धम्कयाएर रकम असुल गरि सकेको र रकम दिन इनकार गर्ने हरुलाई पक्राउ गर्ने भनी धम्कयाउने गरेको एकजना व्यापारीले बताए ।

प्रहरी हवल्दार रामविश्वासको डयुटी लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज भन्सार स्थित भएपनि उनी सादा पोषाकमा पर्सा र बारा जिल्लाको सिमानाकामा पुगेर अवैध भन्सार छली चोरी तस्करीमा लागेकाहरुलाई धम्कयाएर अवैध असुली गर्दे आएका छन ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोलीमा कार्यरत प्रहरी जवान शैलेन्द्र यादव केही दिन देखी टाईगर टोलीमा खटिरहेका छन । उनलाई आफनै नातामा दाई पर्ने रामविश्वासले आफनो विश्वासमा लिएर सादा पोषाकमा बारा जिल्लाको बलिरामपुर नाकामा पुगेर आफुहरु प्रदेशको घुमुवा बताएर अवैध रकम असुली रहेको गुनासो व्यापारीहरुले गरेका छन ।

पर्सा र बारामा निषेधाज्ञा लगाइएपनि हाल बारा बलिरामपुरका अशोक साहले हार्डवेयर र कपडाको तस्करी गरिरहेका छन, तबारक मिया र आरति यादवले कपडा, हार्डवेयरको साथ साथै कोरोना भाइरस संक्रमितलाई प्रयोग गरिने रेम्डिभिसिर औषधीको अवैध ओसार पसार गरिरहेका छन, यस समानको ओसार पसारको लागी २२ जना व्यक्तीलाई साईकलमा ओहोर दोहोर गर्ने गरेका छन ।

त्यसैगरी दिपक भनिनेले कपडा तथा सन्तोषले कपडा तथा हार्डवेयरको ओसार पसार गरिरहेको स्रोतले जनाएको छ ।

दुई दिन अगाडी मात्रै बाराको बलिरामपुर बाट रातीको ११ बजे करिबमा ६ वटा मोटरसाईकलमा भन्सार छली चोरी तस्करी गरि ल्याइएको लत्ता कपडा शसस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

error: Content is protected !!