राष्ट्रिय एकता अभियान द्वारा प्रदेश तथा संघिय सरकार विरुद्ध प्रदर्शन

वीरगन्ज ५ भदौ । राष्ट्रिय एकता अभियानले सरकार विरुद्ध प्रदर्शन गरेको छ । अभियानले जनकपुरमा बिरोध र्याली निकाली सघ र प्रदेश सरकारको बिरोध गरेको हो ।

हिन्दू सन्त तथा अभियंता को सुरक्षा ग्यारेन्टी ग़र , संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र, सुरक्षा दिन नसकने मुख्यमंत्री राजनामा दे, हिन्दू माथि को दमन बन्द ग़र लगायतको माग राख्दै सरकार विरुद्ध राष्ट्रीय एकता अभियान जिन्दावाद भन्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।

बिरोध प्रदर्शनमा अभियानका जनकपुर सयोजक मनीष हिन्दुले नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न काेणबाट दमन भइरहेकाे आरोप लगाए ।

हिन्दु माथी भइरहेको हत्या हिसा बन्द गरि सन्तको हत्यामा सलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरि कडा भन्दा कडा कार्वाही नगरे आन्दोलनको आधी बेरी ल्याउने उनले चेतावनी दिए ।

बिरोध र्यालिमा अभियानता संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायतको सहभागिता रहेकाे थियाे।

बिनय यादव नेतृत्व को राष्ट्रीय एकता अभियानले गएको ३ गते रौतहट स्थित माधवनरायण नगरपालिका को खेसरहिया गाउ मा रहेका हनुमान मन्दिर का पुजारी सन्त श्रीराम साह को हत्यारा लाई पक्राउ गरी अबिलम्ब कार्यवाही को लागी जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र समेत बुझाएको छ।

error: Content is protected !!