गैरसरकारी संस्थाका प्रमुखहरु संग छलफल -CAT पर्साको अर्को प्रयास

वीरगञ्ज, ५ भदौ । लगातारको बन्दाबन्दीले जनजीवन असमान्य बन्दै गएको र दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्नेहरुको दैनिकी झनै कष्ठकर बनेकोले CAT पर्सा सो व्यवस्थापनमा जुटेको छ ।

निषेधाज्ञा र कोरोनाको महामारीले दिनदुखि तथा गरिबहरुको जिवन चक्र नराम्रो संग पिरोलीएको अवस्थालाई मध्य नजर गर्दै CAT पर्साले सो को व्यवस्थापन गर्न गैर सरकारी संस्थाका प्रमुखहरु संग शुक्रबार छलफल गरेको हो । छलफलमा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीहरुले CAT पर्सा संग सहकार्य गर्न तयार रहेको नेपाली कांग्रेस पर्साका सचिव तथा CAT का सदस्य श्याम पटेलले जानकारी दिनु भयो ।

महामारीको यो समयमा आफ्नो सामाजीक उत्तरदायित्व अन्तरगत असाहाय र आवश्यक्ता हुनेहरुको सहयोगमा जुट्ने प्रतिब्द्धता जनाएको सदस्य पटेलले जानकारी दिनु भयो ।

यता छलफलको क्रममा कोरोना नियन्त्रणमा गैरसरकारी संस्थाको प्रमुख भुमिकाको बारेमा एक आपसमा अन्तरक्रियात्मक बिचार बिमर्स भएको तत्कालिन संघिय समाजवादी पार्टीका पर्सा सचिव तथा CAT पर्साका सदस्य तबरेज अहमदले जानकारी दिनु भएको छ ।

वहाँले आजै देखि दैनिक ज्यालादारी गर्नेहरुका लागि वीरगञ्जको वडा नं. १३ का युवाहरुद्धारा संचालन गरिएको निः शुल्क मेस संग सहकार्य गर्न सहमती भएको पनि जानकारी दिनु भयो ।

छलफलमा एनजिओसिसिका संयोजक ईब्राहिम देवान, CAT पर्साका सदस्य संजिव मिश्रा, दिव्य युवा क्लबका रामाकान्त पटेल, रुस्मत अंसारी, राजकुमार महतो लगायत अन्य गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!