वप्रका श्रीपुरद्वारा ५ सय लिटर अवैध घरेलू मदिरा बरामद गरी नष्ट

वीरगञ्ज,५ भदौ । वडा प्रहरी कार्यालय श्रीपुर ले ठुलो मात्रामा अवैध घरेलू मदिरा बरामद गरी नष्ट गरेको छ ।

पर्सामा लगाईएको निषेधाज्ञा प्रभावकारी बनाउन वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर स्थित चौकबाट वीरगंज तर्फ आइरहेको विभिन्न व्यक्तीहरूको साथबाट ५ सय १५ लिटर अवैध घरेलू मदिरा नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

विश्व भरी महामारीको रूपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी लगाईएको निषेधाज्ञा कार्यान्वयनका लागी नियमित गस्तीमा रहेको टोलीले उक्त ठाउमा मानिसको भिडभाड बढि देखेपछी नजिक पुगेको प्रहरी टोलीलाई देखेर अवैध मदिरा बोकेको झोला खेतमा फालेर भागेका थिए ।

बरामद अवैध घरेलू मदिरा स्थानीय तथा प्रतिनिधिको रोहबरमा नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

error: Content is protected !!