पर्साको जनजीवन सामान्य बनाउन नागरिक सरोकार समाज र प्रजिअ तामाङबिच भर्चुअल बैठक सम्पन्न

बीरगन्ज, ४ भदौ । नागरिक सरोकार समाज पर्साका अगुवा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ बिच भर्चुवल बैठक बिहिवार सम्पन्न भएको छ ।

बैठकमा नागरिक सरोकार समाजले पर्सा जिल्लामा कोभिड नियन्त्रण गर्न नागरिक सरोकार समाज बीरगन्ज हरेक प्रकार को सहयोग गर्न तयार रहेको ले पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो।

छ्लफलमा बीरगन्ज महानगरपालिका भित्र १ हजार शैयाको कोभिड अस्पताल एवम् आइसोलेशन सक्दो चाडै बनाउनु पर्ने, नेशनल मेडिकल शिक्षण अस्पतालमा न्युनत्तम ३०० शैयाको आइसोलेशन र सबै निजी अस्पतालहरुमा २०% शैया को आइसोलेशन को व्यवस्था गर्नु पर्ने, पर्साको ग्रामीण क्षेत्रमा पोखरीया सहित ३ स्थानमा स्थानिय पालिकाको व्यवस्थापनमा आइसोलेशन स्थापना गर्नु पर्ने , बीरगन्जको होटल, सुबिधा सम्पन्न धर्मशालामा आइसोलेसन, प्रि आइसोलेसन र क्वारेन्टाइन राख्ने बारे छ्लफल भएको थियो ।

यसै गरी होम आइसोलेसनमा रहेकाको नियमित स्वास्थ्य उपचार, कडा निगरानी र अनुगमन हुनु गरिनु पर्ने,
भारत बाट आउने नेपालीहरुलाइ होम क्वारेन्टाइको व्यवस्था मिलाउने, प्रतिदिन एक हजार जनाको स्वाव संकलन र पिसिआर परीक्षण गरी सोही अनुसार रिपोर्ट पनि हुनु पर्छ ।

प्रयोगशालाले परीक्षण गरी दिने रिपोर्ट मा CAT ( Cycle Threshold Report ) उल्लेख हुनु पर्ने सुझाव नागरिक अगुवाहरुले दिनु भएको थियो ।

सुरक्षा मापदण्ड अपनाइ नारायणी अस्पताल को सबै सेवा तुरुन्त सुचारु गर्नु पर्ने सेवा दिनु पर्ने जरुरी छ । साथै चिकित्सक सहितको थप जनशक्ति को माग तथा नपुग भए करार मा जनशक्ति लिने कार्य अस्पताल विकास समिति ले गर्नु पर्ने मा छलफल भएको थियो ।

एम्बुलेसको प्रयाप्त व्यवस्था , कन्ट्राक्ट ट्रेसिङ्ग को काम झन व्यवस्थित र तीनै तह र कोभिड कमाण्ड समिति बिच को समन्वय को अति खाचो रहेको छलफल मा औल्याइएको थियो ।

जनजिवन समान्यकरण, बैक सुचारु, आयुर्वैदिक व्यवस्था, उपचार को लागि भारत जान दिने अनुमति मा छलफल केन्द्रीत थियो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ सबै बुदा प्रति सकारात्मक भुमिका यसै हप्ता निर्वाह हुने र चाडो भन्दा चाडो पर्सालाइ ग्रीन जोन बनाएर जनजिवन समान्य गर्ने बताउनु भयो ।

बैठकमा नेपाली काग्रेसका सभापति अजय द्धिवेदी , जसपाका अध्यक्ष राम नरेश यादव , बीरगन्ज उघोग वाणिज्य संघ का पुर्व अध्यक्ष गणेश लाठ, अशोक टेमानी, वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ता, महासचिव माधव राजपाल , अभियन्ता ओम प्रकास सरार्फ , पत्रकार महेश दास, कमल चौगाइ सहभागी थिए ।

error: Content is protected !!