चाउ-चाउ भनेर गुटखा ओसार पसार, ३ लाखको गुटखा सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा, ०२ भदौ । बाहिर चाउ-चाउको डिब्बा राखेर भित्रपटी अवैध रूपमा गुटखाको ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले ट्रक सहित गुटखा बरामद गरेको छ ।

निषेधाज्ञा प्रभावकारी बनाउन प्रहरी चौकी पथ्लैया बाराले नियमित रूपमा गरेको चेकजाचको क्रममा मकवानपुर बाट जितपुर तर्फ गईरहेको प्रदेश-३-०१००६ ख ०२६० नम्बरको ट्रकमा लोड गरिएको १२ बोरा भोला गुटखा बरामद गरिएको प्रहरी नायव निरीक्षक राधे मोहन कुशवाहाले जानकारी दिनु भयो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी लगाईएको निषेधाज्ञामा खाधान्न बोक्ने अनुमति लिएर ट्रकको बाहिर चाउ-चाउको डिब्बा र भित्र अवैध रूपमा गुटखाको ओसार पसार गरेको भेटिएपछी ट्रक लाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक कुशवाहाले जानकारी दिए ।

बरामद गुटखाको बजार मुल्य ३ लाख रूपैया रहेको छ । गुटखा सहितको ट्रक लाई थप आवश्यक कार्यवाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथ्लैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

error: Content is protected !!