निषेधाज्ञा प्रभावकारी बनाउन पर्सामा भदौ १३ सम्म सेना परिचालन

बीरगञ्ज, ३२ साउन । पर्सामा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढदै गएपछि प्रसाशनले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन भदौ १३ गतेसम्म सेना परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ती जारी गर्दै आगामी भदौ १३ गते सम्मका लागी पर्सामा सेना परिचालन गरिएको जानकारी दिएको छ ।

काम बाहेक पनि बजार तथा गली गलीमा अनावश्क रुपमा देखिएको भिडभाडले कोरोना भाइरस नियन्त्रण भन्दा पनि थप संक्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी,शसस्त्र प्रहरी सहित नेपाली सेनालाई समेत परिचालन गरिएको जिल्ला प्रसाशन कार्यालय पर्साले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

बिना कुनै काम घर बाहिर न निस्किन आम सर्वसाधारणमा प्रसाशनले आग्रह समेत गरेको छ ।

error: Content is protected !!