चौधरी फाउण्डेशनद्वारा नारायणी अस्पताललाई एकथान भेन्टिलेटर हस्तान्तरण

वीरगञ्ज, ३२ साउन । चौधरी फाउण्डेशनले वीरगञ्ज स्थित नारायणी अस्पताललाई एकथान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

चौधरी फाउण्डेशनले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत नारायणी अस्पताललाई अति आवश्यक एकथान भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

जिल्ला प्रसाशन कार्यालय पर्सामा भएको हस्तान्तरण कार्यक्रममा चौधरी ग्रुप ब्रेवरीका प्रदेश २ प्रमुख सतेन्द्र झाले नारायणी अस्पताल विकाश समितीका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड—१९ अर्थात कोरोना भाईरस रोगले स्वास्थ्य क्षेत्रमा पार्न सक्ने संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागी नारायणी अस्पताललाई एकथान भेन्टिलेटर सहयोग स्वरुप हस्तान्तरण गरिएको चौधरी ग्रुप ब्रेवरीका प्रदेश २ प्रमुख सतेन्द्र झाले बताउनु भयो ।

समाजिक उत्तर दायित्व अन्तर्गत अगामी दिनहरुमा पनि चौधरी फाउण्डेशनले यस्ता सहयोगलाई निरन्तरता दिने उहाले जानकारी दिनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ,चौधरी फाउण्डेशनका रामचन्द्र तिवारी,आषेश बाराल, चौधरी ग्रुप फुड्स एरिया सेल्स मेनेजर उमेश साह, प्रविन सिंह र एलजी इलेक्ट्रोनिकका एरिया सेल्स मेनेजर धिरज ठाकुर लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!