संक्रमणकालमा वीरगंजको घटनाक्रम र बिचार

अशोक कुशवाहा /वीरगंज। एक साता भित्र भएको ६ जनाको मृत्यु घटनाक्रमको दोषी निजी स्वास्थ्य संस्था मात्र होइन संबन्धित निकाय पनि उतिकै दोषी देखीन्छन । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाको बहानामा बिरामी उपचार नगर्ने निजी स्वास्थ्य संस्थाहरुलाई कानूनी कारवाही सम्बन्धी सूचना निकाले पनि ती संस्थाहरु सूचनाको वास्ता नगरेको देखीन्छन । जिल्ला प्रशासन कार्यालयले यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई करवाहीको दायरामा ल्याउन नसक्नुले स्थानीय जनतामा आक्रोश उत्पन्न गरेको देखिन्छ । स्वास्थ्य सम्बन्धी संस्थाहरुको गैरजिम्मेवारी पूर्ण कार्यले भएको मृत्यु, मृत्यु नभइ हत्या भएको आरोप स्वास्थ्य संस्थामाथि मृतकका आफ़न्तहरु लगाउछन र उचित छानबिन गरी दोषीमाथि करवाहीको मांग पनि मृतकका परिवारहरुले गरेको देखिन्छ । तर हालसम्म निजी स्वास्थ्य सम्बन्धी संस्था प्रति जिल्ला प्रशासन कार्यलयको मौनताले जि.प्र.का.को कमी कमजोरी उजागर गर्दछ । यदि प्रशासनले एउटा पनि निजी स्वास्थ्य स्वास्थ्य संस्थालाई करवाही गरेको भए धेरैजनाको ज्यान जोगिने थियो मृतकका आफ़न्त सुनाउछन ।

त्यस्तै पर्सा प्रहरी उपरीक्षक गंगा पन्त वीरगंजवासीलाई दोषारोपण गर्दै वीरगंजका जनताले सतर्कता नअपनाएर यस्तो भयावह स्थिति हुन पुगेको भन्नु हुन्छ तर के प्रहरी निकायले आफ्नो भूमिका र जिम्मेवारी ईमानदारी पूर्वक निर्वाह गर्यो त ? वीरगंज पावरहाउस चौक देखि रजतजयन्ती चौक सम्म मेनरोड मात्र प्रवेशनिषेध गर्दैमा समस्याको समाधान हुने हो र ? साधारण जनताको लागि भारत-नेपाल सिमाना बन्द गरिए पनि तस्कर तथा तस्करीको लागि सिमाना रातदिन खुल्ला हुनु, सीमा परी बाट पैसा लिएर मानिसहरुलाई नेपाल छिर्नदिनुमा, के प्रहरीको दोष देखिदैन ? वीरगंजमा सामुदायिक स्तरमा कोरोना फैलाउनमा स्थानीय जनता भन्दा पनि प्रहरी निकायको दोष बढ़ी देखिन्छ । एक अर्कामाथि दोषारोपणको कार्य बन्द हुनु र स्थानीय जनता समेत हरेक निकायको परस्पर समन्वय आवश्यक छ । कोरोना संक्रमण नेपाल छिर्नु भन्दा पहिले पूर्वयोजनाको कमी, बिज्ञ चिकित्सकको कमी, संभावित संक्रमितको लागि पूर्व एकांतवासको व्यसथाको कमी, राहत व्यवस्थापन सम्बन्धी पूर्व योजना तथा अनुमान नहुनु तथा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य सम्बन्धी संस्था बीच परस्पर समन्वयको कमीले गर्दा वीरगंजको अवस्था आज covid-19 को केन्द्र बन्न पुगेको छ ।

बढ्दो संक्रमणको चपेटामा परी वीरगंज महानगरका प्रमुख ज़िम्मेवार राजनीतिक एवं सामाजिक ब्यक्तित्वहरु आइसोलेट भए पश्चात वीरगंज अहिले टुहूरों बन्न पुगेको छ । अहिले वीरगंजको पूर्ण जिम्मेवारी यहाका युवावर्ग माथि आईपरेको देखिन्छ । सरकार र सरोकारवाला ब्यक्ति एवं संस्था जब आफ्नो जिम्मेवारी बाट भाग्छ त्यतिबेला सामाज आफ्नो अस्तित्व माथिको खतरा संग लड़दै इतिहास रचेकों थुप्रै उदाहरण भेटीन्छन । मधेस आन्दोलन होस या देश निर्माण कार्यमा वीरगंजको युवा सामाज आफ्नो जिम्मेवारी र बलिदानी देखि कहिले पछि हटेको इतिहास देखिदैन ।

वीरगंजमा बिगत एक हप्ता भित्र भएको ६ घटनाक्रमले वीरगंजमा रहेका निजी अस्पताल तथा डाक्टरी पेशा प्रति स्थानीय जनताको सोच नै नकारात्मक भएको देखिन्छ । कोरोनाको कहर बढ़दै जादा सामुदायिक स्तरमा संक्रमित संख्या र मृतक संख्या बढ़दै गएको दुखदायी र त्रासमय अवस्था छ । कोभिड़-१९ भन्दा पनि अन्यरोग वा सामान्य बिरामी पनि समयमा उपचार नपाएर मृत्यु हुनेको संख्या बढ़ी देखिन्छ । निजी अस्पतालहरु सामान्य रूखा खोकी या अन्य कुनै कारण पनि अस्पतालमा भर्ना लिन नमन्नूले मानवसेवाको लागि सामर्पित अस्पताल आफ्नो जिम्मेवारी बाट पछि हटेको आभास हुन्छ ।

जसरी न्यायको लागि अन्तिम विश्वसिलों न्यायालय मानीन्छ ठीक त्यस्तै बिरामिकों लागि बाच्नलाई स्वास्थ्य संस्था र डाक्टर भनेका अन्तिम विश्वसिलों संस्था वा पात्र मनीन्छ । स्वास्थ्य र शिक्षा भनेको जनताको आधारभूत मौलिक अधिकार हो । निजी स्वास्थ्य संस्थाहरुले गरेको अमानवीय कार्य र मौलिक अधिकारको हननलाई हेर्दा सरकारले यस्ता स्वास्थ्य संस्थाहरुलाई आफ्नो मातहतमा राखी आधुनिकीकरण गरी संचालन गर्ने आवश्यकता विरगंजको सन्दर्भमा अपरिहार्य देखीन्छ ।

नारायणी अस्पताल तथा नारायणी अस्पतालको मातहतमा रहेको कोभिड़-१९ अस्पतालहरुको लापरवाहीमा मेडिकल सुपरिटेन्डेंटको कमीकमजोरी देखिन्छ भने बिना उचित PPE आफ्नो ज्यान जोखिममा राखेर दिनरात कोभड-१९ संक्रमितको स्वास्थ्यसेवामा लागेका डाक्टरहरुको सरहनीय कार्य नकार्न पनि मिलदैन । वीरगंजका संचारमाध्यमहरुले वीरगंज संक्रामणको सन्दर्भमा सराहनीय योगदान देखिन्छ तर वीरगंज भनेको गण्डक देखि भन्सार सम्म मात्र होइन बुझ्न जरूरी छ र संचारको दायरा फरकीलों पार्न जरूरी देखिन्छ ।

एक साता भित्रका घटनाक्रमहरु :

घटना १ : श्रावण २० गतेका दिन पीसीआर रिपोर्ट पॉज़िटिव देखना साथ सोही दिन राति ९:०० बजे एम्बुलेंस मार्फत वीरगंज हेल्थ केयर (कोभिड़-१९ अस्पताल) पुगेका वीरगंज महानगरपालिका वाड नम्बर १५ का प्रमोद कुशवाहाको बिहान ५:३० बजे संकास्पद मृत्यु हुन्छ ।
श्रावण २१ गते बिहान ५:२८ बजे कुशवाहाको कान्छो छोराले बाबूलाई फोन गर्छ्न । बाबूले छोरालाई अस्पतालको व्यवसथा सम्बन्धी गुनासो सुनाउदै भन्छन, ‘ अस्पताल भन्दा घर नै ठीक थियो’ । त्यसपछि बिरामीलाई सम्पर्क गर्दा फोन उठदैन उनका दाजू सुनाउछ्न । एक्कासी अस्पतालबाट बिहान ८:१५ बजे दाजू रामदरशलाई फोन आउछ र तपाई प्रमोद कुशवाहाको आफ़न्त बोल्नु भएको हो । यताबाट उतरमा हो, सुनेपछि महिला कर्मचारीले भन्छिन, ‘ सर हामी धेरै प्रयास गर्यौ ICU भेंटिलेटर सम्म तर हामी हजूरको भाईलाई बचाउन सकेनौ । उहाको बिहान ५:३० बजे दुखद निधन भयो ।

अस्पतालको डाक्टरहरुको लापरवाही कै कारण भाईको अकालमय ज्यान गयो मृतकका दाजू रामदरश र भाई उदयनारायण सुनाउछन । हामी न्यायको लागि संबन्धित निकाय देखि लिएर प्रशासन एवम सुरक्षा निकाय सम्म गुहारे तर कतै बाट संतोषजनक जवाफ आएन । मृतकको परिवार पीड़ामा भए पनि अस्पतालको लापरवाहीले अरुको ज्यान नजाओस भन्दै उनको उपचार कसरी भएको आफ्नो संतुष्टिको लागि उपचार कक्षमा जड़ित CCTV कमेराको फुटेज देखाउन अस्पताल प्रशासन समेत जिल्ला प्रशासन, सुरक्षानिकाय र संबन्धित निकाय संग अनुरोध गरेपनि अहिले सम्म संतोष जनक जवाफ कतैबाट नआएको दुख मृतकका परिवार सुनाउछन । मृत्यु प्रमाण पत्रमा मृत्युको समय ६:३० बजे लेखिएको आपति जानाउदा पनि केही प्रतिउतर अस्पतालबाट पाईदैन ।

घटना २ : श्रावण २२ गते वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ६० बर्षीय चलितर महतोलाई पीसीआर नेगेटिभ रिपोर्टका साथ परिवारजन वीरगंजको NMC उपचारको लागि लिएर जानछन तर पीसीआर रिपोर्ट नेगेटिभ हुदा हुदै पनि अस्पतालले भर्ना लिन मानदैन । NMC आकस्मिक कक्षको गेट अगाडि नै रिक्शामा बिरामीको मृत्यु हुन्छ । आकस्मिक कक्षका चिकित्सकलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट देखाउदा भर्ना लिन नमानेको मृतकका भाई शम्भू महतो भन्छन, ‘समयमा उचार नपाएर दाईको मृत्यु भयो’ ।

घटना ३ : श्रवण २३ गते वीरगंज महानगरपालिका वडा नम्बर २ का २० वर्षीय महिला बिष्णु लामालाई बिहान सामान्य ज्वारों र खोकी लाग्छ । सोही दिन राति लगभग १० बजे श्वासप्रश्वासमा समस्या आएकाले उनका भीनाजु रूपेश सिंह उनलाई ऑटोमा राखी विरगंजको एड्भांस हास्पिटल पूगछन । अस्पतालका चिकित्सकले बिरामीमा कोरोना संक्रमणको लक्षण देखिएकाले त्यहा इमरजेंसी सेवा बाहेक बाकी सेवा बन्द छ भन्दै ब्योधा अस्पताल लैजान सुझाव दिन्छन ।

शुक्रवार मात्रै ब्योधा अस्पतालका चिकित्सक तथा नर्स समेत १५ जनामा कोरोना संक्रमण र त्यही अस्पतालको आईसीयूमा मृत्यु भएका दुई महिलामा पनि कोरोना पुष्टि भएको हुनाले यहाका डाक्टरहरुलाई कोरोना लागेको छ उपचार सेवा दिन सकीदैन भन्दै फिर्ता पाठाइन्छ ।

बिरामी लामालाई कोभिड़-१९ बिशेष अस्पताल गण्डक लिएर जानछन । गण्डक अस्पतालले कोरोना पुष्टि नभएका लाई राख्न मिलदैन भन्दै फर्काउछ । त्यस पछि बिरामीलाई भवानी अस्पताल लगीन्छ । भवानी अस्पतालले गेट बाहिरबाट नै फर्काउछ । त्यसपछि उनलाई तराई अस्पताल लगीन्छ । बिरामीको लक्षण थाहा पाऊना साथ तराई अस्पतालमा आईसीयू खाली छैन भन्दै बिरामीलाई फर्काईन्छ ।

बिरामी लाई ततपश्चात वीरगंजको NMC लिएर गईन्छ तर त्यहा पनि अनेकों प्रयास बिफल हुन्छ र त्यहाबाट पनि फर्काईन्छ । एक जना स्थानीय पत्रकार र युवा नेताको पहलमा उनलाई पुन नारायणी अस्पताल लगीन्छ । नारायणीमा ड्यूटीमा खटेका चिकित्सकले यहा सामान्य उपचार मात्रै सम्भव छ तर बिरामीको लक्षण कोरोनाको देखीन्छ त्यही भएर यहा उपचार सम्भव छैन भन्दै पुन पर्काईन्छ ।

त्यसपछि उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड़ अस्पताल वीरगंज हेल्थ केयर लगीन्छ । वीरगंज हेल्थ केयरले नन-कोभिड़ बिरामी भर्ना गर्न मिलदैन भन्दै फर्काउछ । पत्रकार र युवा नेता तबरेज आलम कै पहल र डाक्टर उदय नारायण सिंहको समन्वयमा बिरामीलाई पुन कोभिड़-१९ बिशेष अस्पताल गण्डक लगीन्छ । गण्डक अस्पतालको गेटमा उपचार पाउनु पूर्व नै उनको मृत्यु हुन्छ ।

घटना ४ : वीरगंज महानगपलिका वाड नम्बर २५ का ६५ बर्षीय बृद्ध महिला मधुमेह बाहेक उनको ढाड़ दुखने समस्या छ तर प्राय सामान्य उपचारले ठीक हुन्छिन । श्रावण २४ गते राति उनको ढाड़को समस्याले ग्रसित बनाउछ । ढाडको दुखाई सहन न सकेर उनलाई वीरगंजको एड्भांस हास्पिटल लगीन्छ । एड्भांस हास्पिटलले भर्ना लिन नमाने पछि उनलाई नेशनल मेडिकल लगीन्छ । नेशनल मेडिकलले पनि भर्ना लिन नमानेपछि उनलाई नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालले पनि भर्ना लिन नमाने पछि उनलाई नेपाल-इंडो अस्पताल लगीन्छ । नेपाल इंडो अस्पतालले पनि भर्ना लिन मानदैन त्यही क्रममा बिरामीको मृत्यु हुन्छ । मृतकका नाती अर्जुन साह दुख सुनाउदै भन्छन । मेरो हजूरआमा बाचुञ्जेल कुनै पनि अस्पताल ले भर्ना लिन मानेन अब उनको मृत्यु पछि स्वाब संकलनको लागि शव प्रहरी लाई चाहियो रे । समयमा उपचार नपाएर मेरो हजूरआमाको मृत्यु भयो उनी सुनाउछन ।

घटना ५ : श्रावण २३ गते वीरगंज महानगपलिका वडा नम्बर १३ का ६२ वर्षीय शारदा देवी रौनियारलाई राति श्वासप्रश्वासको सममस्या देखिन्छ र उनलाई तराई अस्पताल लगीन्छ । तराई अस्पतालाले भर्ना लिन नमानेपछि बिरामीलाई नेशनल मेडिकल कालेज पुरयाइन्छ । नेशनल मेडिकल कालेजले पनि भर्ना लिन नमानेपछि अंतत नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालको आकस्मिक सेवा कक्ष आगाड़ी शनिवर बिहान पौने ११ बजे उनको मृत्यु हुन्छ । आरडीटी परीक्षण नेगेटिभ भएपनि निजी अस्पतालहरुले भर्ना लिन मानेनन । यदि अस्पताल र चिकित्सकले चिकित्सकीय धर्म अपनाएको भए आकाल मै मृत्यु हुने थिएन, मृतकका एक आफ़न्त ले दुख सुनाऊछन ।

घटना ६ : श्रावण २४ गते वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोलका वीरगंज कै कालेज कक्षा ११ मा अध्यन्नरत छात्र अनीश गुप्ताको स्वास्थ्य खराब हुन्छ र उनका आफ़न्त उनलाई नारायणी अस्पताल लिएर जानछन । नारायणी अस्पतालले भर्ना लिन अस्वीकार गर्छ र त्यहाबाट उनलाई नेशनल मेडिकल लगीन्छ तर अस्पताल नपूगदै बाटोमा उनको मृत्यु हुन्छ । मृत्यु पश्चात प्रहरी निकाय मृतक शरीरको लागि मृतकको घर पूगछन तर स्थानीयको बिरोध पश्चात प्रहरी फर्कीन्छन र उनको अन्तिम संस्कार गरिन्छ ।

अंतत : कोरोना महामारीको संक्रमणकालमा वीरगंजमा घटित यी घटनाक्रमको दोषी को त ? के ती स्थानीय जनता दोषी छन त जसले समयमा उपचार नपाएर ज्यान गुमाउदै छन ? ती स्वास्थ्य सम्बन्धी संस्थाहरु जसले कोभिड़-१९ को नाममा सामान्य उपचार र आफ्नो मानव प्रतिको दायित्वबाट पन्छिन खोज्दै छन ? या जिल्ला प्रशासन कार्यालय जसले निजी स्वास्थ्य संस्थाहरुलाई उपचार नगरे कानूनी करवाही गर्ने सूचना निकालेपनि मौन बसेका छन ? या ती सुरक्षा निकाय जसलाई मारणोपरांत स्वाब संकलनलाई शव चाहिन्छ तर बाचुन्जेल उपचारको व्यवस्था मिलाउन सक्दैन ?

error: Content is protected !!