वीरगञ्जमा ४३ जना थुनुवासहित थप १४१ जनामा कोरोना पुष्टि

वीरगञ्ज,२३साउन । विभिन्न मुद्दामा पक्राउ परेका ४३ जना थुनुवा सहित पर्सामा थप १४१ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षण रिपोर्ट अनुसार पर्सामा थप १ सय ४१ जना संक्रमीत थपिएका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा विभिन्न मुद्दामा पक्राउ परेका ४३ जना थुनुवा तथा
एक जना प्रहरीमा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बयोधा अस्पतालमा कार्यरत पाँच  चिकित्सक, स्वास्थ्यकर्मी सहित १२ जना संक्रमीत भएका छन । बीरगंज महानगरपालिकाको श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।

पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वीरगंज महानगरको वडा नम्बर १० आदर्शनगर र अशोक बाटिकाका ६ महिला सहति गरी ११ जना, चिनीमिलका  २ महिला सहित ४ जना, वीरगंज ११ का २ जना यसैगरी वीरगंज महानगरपालिकाको वडा १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डक लगायतको स्थानका एक एक जना संक्रमित थपिएका छन् ।

तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् ।

error: Content is protected !!