सांसद प्रदिप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । जनता समाजवादी पार्टीका प्रभावशाली नेता संघिय सांसद प्रदिप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण फेला परेको हो ।

पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको नारायणि अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

उनले संक्रमण पुष्टि हुनेमा एक डाक्टर, एक प्यारामेडिक्स र एक भिआईपी पनि रहेको जानकारी गराए ।

उनका अनुसार संक्रमित ब्यक्तिहरु १५ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् ।

यता सांसद यादवले पनि आफू कोरोना संक्रमित भएको आफ्नो फेसबुक स्टाटसमा लेख्दै जानकारि गराएका छन् ।

यश अघि हिजो बिहिबार राती मात्र वीरगंज महनगरका मेयर पनि कोरोना संक्रमित भएका थिए ।