वीरगञ्जमा विज्ञ सहितको चिकित्सक टोली पठाउन संघ सरकार संग माग

वीरगञ्ज,१५ साउन । पर्सामा कोरोना भाईरसबाट फ्रन्टलाईनमा खटिरहेका स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन थालेपछी विज्ञ सहितको स्वास्थ्यकर्मीको टोली पठाउन संघिय सरकार संग मांग गरिएको छ ।

बिहीवार पर्सा जिल्लाको प्रमुख राजनैतिक दल नेपाली काग्रेस, जसपा र नेकपाका अध्यक्ष तथा प्रतिनिधिको संयुक्त अध्यक्षता मा बसेको सर्वपक्षीय बैठक बाट यस्तो मांग गरिएको हो।

पर्सा जिल्लामा कोभिड संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गैरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै कोभिड संक्रमित नियन्त्रण गर्न विज्ञ सहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली तत्काल वीरगन्ज पठाइ सम्पुर्ण व्यवस्थापन गरि दिन सघीय सरकार स्वास्थ्य मन्त्रालय सित आग्रह गर्ने निर्णय गरिएको नेकपाका प्रतिनिधि महेश दासले जानकारी दिए ।

कोभिड संक्रमित दिनहु सयौ देखिन थालेकोले अहिले भएको कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर उपचारबाट बन्चित हुनु परिरहेको विषम परिस्थिति देखा परेकोले कोभिड संक्रमितको लागी थप कोभिड अस्पतालको अत्यावश्यक भएकोले नेशनल मेडिकल शिक्षण अस्पताल , वयोधा अस्पताल , बीरगन्ज हेल्थ केयर अस्पताल लगायत निजी अस्पताल मध्ये लिएर अबिलम्ब कोभिड अस्पतालको व्यवस्थापन र संचालन गर्न संघिय सरकार संग माग गर्ने निर्णय गरिएको नेकपाका प्रतिनिधि दासले बताए ।

बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न एवम् नारायणी अस्पताललाइ रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पताल कै रुपमा सुचारु राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष आग्रह गरेको छ । बीरगन्जमा विधुतिय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय भएको छ ।

मृत्यु पछि सम्मानजनक शवको अन्त्येष्टि हुनु पर्दछ । मृत्यु सत्य हो । अहिले को महामारी को बेला एक ले अर्को को शवदाह मा अवरोध गर्नु कदाचित् मानवता , समाजिकता र धार्मिक रितीरिवाज बिरुद्ध हुन्छ दासले भने ।

शवदाहमा सघाउनु हामी सबै को दायित्व पनि हो र जिम्मेवारी पनि हो । सम्पुर्ण सुरक्षा अपनाएर गरिने शवदाह मा कोही कसैले बिरोध नगरिदिन बैठकले अनुरोध गरेको छ ।

बैठकमा नेपाली काग्रेसका सभापति अजय द्धिवेदी, जसपाका अध्यक्ष राम नरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, बीरगन्ज उघोग वाणिज्य संघ का अध्यक्ष गोपाल केडिया, प्रा ललन द्धिवेदी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ, समाजिक अभियन्ता ओम प्रकाश सरार्फ , बिजेश्वर प्रसाद चौधरी लगाएतको सहभागिता थियो ।

error: Content is protected !!