पर्सामा ४ स्वास्थ्यकर्मी सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १४ साउन । पर्सामा ४ जना स्वास्थ्यकर्मी सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको
परिक्षणमा नारायणी अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी पनि संक्रमीत भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालका १ जना डाक्टर , २ जना नर्स र १ जना अहेब गरि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको मेसु उपाध्यायले बताए।

अन्य संक्रमित वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना , वडा नम्बर १२ का ३ जना , वडा नम्बर ५ का २ जना , वडा नम्बर ४ का १ जना , वडा नम्बर ३ का १ जना , पर्साकै छिपहरमाई गाउपालिका २ टिहुकीका १ जना र नारायणी अस्पतालकै संक्रमित कर्मचारीकी १ जना छोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डाक्टर उपाध्यायले जानकारी दिनु भयो  ।

error: Content is protected !!