बिश्व भरिका हिन्दूहरुको लागि सावन २१ गते ऐतिहासिक दिन, बिजय उत्सव मनाऊँ – हिन्दू परिषद नेपाल

बिश्व भरिका हिन्दूहरुको लागि सावन २१ गते ऐतिहासिक दिन,बिजय उत्सव मनाऊँ – हिन्दू परिषद नेपाल
बीरगंज, १४ साउन । हिन्दू परिषद नेपाल केन्द्रिय कमिटी सचिवालयको बैठक आज बीरगंजमा सम्पन्न भएको छ।

बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सल्लहकार सुनील गुप्ता सहभागी रहेका थिए।

बैठकले ५ अगस्त अर्थात सावन २१ गते मित्र राष्ट्र भारतको उत्तर प्रदेश स्थित अयोध्यामा हुने श्रीराम मन्दिर शिलान्यास कार्यक्रमको पूर्ण सफलताको कामना गरेको छ।

५०० वर्ष लडाइको उपलब्धि हो,राम मन्दिर निर्माणको लागि योगदान गर्ने सम्पूर्ण बीर योद्धाहरु लाई हार्दिक नमन गर्दै विश्व भरिका हिन्दूहरुको लागि ऐतिहासिक दिन भएकोले शिलान्यासको दिन भब्यताको साथ बिजय उत्सव मनाऊनको लागि नेपाल,भारत सहित विश्वका सम्पूर्ण हिन्दू समाज संग परिषद हार्दिक अनुरोध गरेको हो।

साथै काठमांडुमा एसिड आक्रमणमा गम्भीर घाइते भएकी पवित्रा कार्कीको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै दोषी लाई कड़ा कारवाहिको मांग गर्दछौं।

कोरोना महामारीको बेला सेवाभाव कार्य गर्नु हुने हिन्दू परिषद नेपालका सम्पूर्ण साथीहरू लाई भगवान पशुपतिनाथले अझै शक्ति प्रदान गरुण र आउदो दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न अनुरोध गरेको छ।

error: Content is protected !!