वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज, १४ साउन । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको मेसु डा. उपाध्यायले जानकारी दिए । उनी मुटुको समस्याबाट पनि ग्रस्ती थिए ।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!