लागुऔषध गाॅजा सहित बाराबाट चारजना पक्राउ

बारा । अवैध लागुऔषध गाॅजा सहित बाराको पथ्लैयाबाट चारजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला बारा बारागढी गापा ५ बस्ने वर्ष २४ को दुख प्रसाद चौधरी, वर्ष २२ को विरेन्द्र प्रसाद चौधरी, वर्ष २२ को बजरंगबली चौधरी र वर्ष २० को शंकर चौधरी रहेका छन ।

गए राती हेटौडा बाट बारा तर्फ जादै गरेको ना ५२ प ७४०३ र बा ४९ प १०८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथ्लैया बाराबाट खटिएको प्रहरी टोलिले नियमित चेकजाचको क्रममा चेकजाच गर्दा पिठयूमा बोकेको बैग भित्रको झोलाबाट १ किलो ५ सय ग्राम अवैध लागुऔषध गाॅजा बरामद गरिएको प्रहरी चौकी पथ्लैया बाराका प्रमुख प्रहरी नायव निरीक्षक राधेमोहन कुशवाहाले जानकारी दिए ।

लागुऔषध गांजा बरामद भएपछि चारैजनालाई नियन्त्रणमा लिई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाईएको प्रहरी नायव निरीक्षक कुशवाहाले जानकारी दिए ।

error: Content is protected !!