पर्सामा थप ३४ जनामा कोरोना पुष्टि, घरमा सुरक्षित बस्न प्रसाशनको आग्रह

वीरगञ्ज, १४ साउन । वीरगञ्जमा बुधवार थप ३४ जना कोरोना संक्रमित थपिएका छन ।

कोरोना संक्रमित हुनेमा सेना, प्रहरी र कैदीबन्दी सहित सर्वसाधारण रहेका छन।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये ५ जना बालबालिका, १० जना महिला र १९ जना पुरुष रहेका छन् ।

नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको डा. उपाध्यायले बताए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!