वीरगञ्ज – १ जना थुनुवा र ३ स्वास्थ्यकर्मी सहित थप १५ जनामा कोरोना पुष्टि

वीरगञ्ज,१३ साउन । पर्सामा कोरोना भाइरसका थप १५ संक्रमित थपिएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १ जना थुनुवा, ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरू ४५ वर्षका महिला र बाँकी २३ देखिवर्षका पुरुषदेखि ५६ वर्षका छन्।कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारी रहेको डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

उनका अनुसार इलाम र बाराका १/१ जना  तथा बाँकी पर्सा स्थायी ठेगाना भएकामा कोरोना देखिएको हो।

साउन ७ देखि ११ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गरिएको थियो।

error: Content is protected !!