थप १८ जनामा कोरोना पुष्टि, पर्सामा संक्रमितको संख्या २५९ पुग्यो

वीरगञ्ज,१२ साउन । पर्सामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस संगै पर्सामा कोरोना भाईरस बाट संक्रमित हुनेको संख्या २ सय ५९ पुगेको छ ।

अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका , क्वारेन्टाइनमा बसेका र स्वचेच्छाले पैसा तिरेर  पीसीआर जाँच गराएका गरि १८ जनामा आइतबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार पर्साको पर्सागढी नगरपालिकाको बढ्निहारस्थित क्वारेन्टाइनमा खटिएका ५ स्वास्थ्यकर्मी र त्यहाँ बसेका १ सर्वसाधरण गरी ६ जनामा पनि आइतबार राति संक्रमण पुष्टि भएको हो। संक्रमण भेटिएका ५ स्वास्थ्यकर्मीमध्ये २ जना महिला स्वास्थ्यकर्मी छन्।

यस्तै वीरगन्जको गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी, नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा पनि आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगन्ज ६ माईस्थानका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु तीनै जना साउन ८ गते कोबीड अस्पतालमा मृत्यु भएका ७० वर्षीय वृद्धको कन्टयाक्ट ट्रेसिङमा परेकाहरु हुन्।

यसैगरी स्वेच्छाले पैसा तिरेर परीक्षण गराएका वीरगन्ज–१४ का ३० वर्षीय पुरुष , वीरगन्ज -१४ बहुअरी गण्डकका ३२ वर्षीय पुरुष , वीरगन्ज -११ श्रीपुरका ४५ वर्षीय पुरुष , वीरगन्ज- २ छपकैयाँका २५ वर्षीय पुरुष, वीरगन्ज -६ रेशमकोठीका ३२ वर्षिय पुरुष र सखुवा प्रसौनी गाउँपालिका -२ श्रीपुर पचगावाका ४० वर्षीय पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले जानकारी दिए।

error: Content is protected !!