कोरोना अस्पतालमा उपचाररत १९ वर्षिय किशोरीको मृत्यु, पिसीआर रिपोर्ट आउन बाकी

वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको शुक्रबार साँझ मृत्यु भएको छ ।

ती किशोरी झाडापखाला र भाइरल इन्सेफ्लाइटीसको बिरामी थिइन् । किशोरीको पीसीआर परीक्षणकै क्रममा रहेको चिकित्सकले जनाएका छन् ।

अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार ती किशोरी शुक्रबार राति वीरगन्ज हेल्थ केयर हस्पिटलबाट रिफर भएर आएकी थिइन् ।

‘ती महिलामा झाडापखाला र भाइरल इन्सेफ्लाइटीस देखिएको थियो,’ उनले भने, ‘आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । रिपोर्ट नआउँदै साँझ मृत्यु भयो ।’ शुक्रबार राति नै पीसीआर रिपोर्ट आउने उनले बताए ।

शुक्रबार बिहान सोही अस्पतालमा वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो । चिकित्सकका अनुसार ती वृद्ध महिला मुटुरोगी थिइन् । पछि निमोनिया भएर अस्पताल आएकी थिइन् । ती महिलामा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।साभार-कान्तिपुर

error: Content is protected !!