मोन्टेसरी शिक्षामा आधारित तालिम सम्मपन्न

वीरगन्ज ।
लधु व्यवसाय विकाश कोषको आयोजनामा मोन्टेसरी शिक्षामा आधारित तालिम सम्मपन्न भएको छ ।
महिला विकास समितीले संचालन गर्दै आएको उक्त तालिमका २५ जना प्रशिक्षार्थी शिक्षिकाहरुलाइ एका कार्यक्रम बिच प्रमाण पत्र बितरण गरिएको छ । लघु वयवसाय विकास कोषका अध्यक्ष अरविन्द आमात्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्टले प्रमाण पत्र बितरण गनुभएको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ट अधिकृत सुमन श्रेष्टले घर बनाउदा जग बलियो बनाउने पर्ने सत्य कथन जस्तै बालबालिकाको उज्जवल भविष्यको लागी मोन्टेसरी शिक्षामा आधारित अध्यन अध्यपनको अनिवार्य आवश्यकता रहेको धारणा व्यक्त गनुभएको थियो ।
उहाले मोन्टेसरी शिक्षामा आधारित शिक्षा तालिमले प्रशिक्षार्थी महिलाहरुको रोजगारको ढोका खोलेको बताउदै उहाहरुले स साना नानिहरुलाइ उच्च शिक्षा प्रदान गर्ने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रमामा बोल्दै महिला विकास समितीकी अध्यक्ष चचंला दासले महिलाहरुलाइ तालिमको समयमा प्रदान गरिएको शिक्षाका आधारभुत सिद्धान्तहरुलाइ उहाहरुले स साना नानिहरुको उज्जवल भबिष्य बनाउन उपयोगी हुने धारणा समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमा बोल्दै लधु व्यवसाय विकास कोषका सचिव प्रेमचन्द्र प्रसादले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो ।
error: Content is protected !!