कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु

वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।

विरगन्जस्थित गण्डक अस्थायी कोरोना अस्पताल उपचाररत ८५ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरि टेन्टेन्ड डा. मदन उपाध्याय जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको उपाध्यायले बताए।

error: Content is protected !!