संक्रमण रोग कसुरमा पक्राउ परेकाहरूमा संक्रमण भेटिएपछि वडा प्रहरी श्रीपुर ‘सिल’

वीरगञ्ज, ९ साउन । संक्रमण रोग एन २०२० अन्तर्गतको कसुरमा पक्राउ परेका पाचजना थुनुवामा कोरोना संक्रमण भेटिएपछि वडा प्रहरी कार्यालय श्रीपुर लाई सिल गरिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा हिजो पाचजना थुनुवा सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछी वडा प्रहरी कार्यालय श्रीपुर लाई सिल गरिएको हो।

संक्रमण रोग एन २०२० अन्तर्गतको कसुरमा
५ दिन अगाडी पक्राउ परेका २५, २२, ३३, २२ र ४७ वर्षीय पुरुष पाचै जना भारतीय नागरिक हुन ।

कोरोना संक्रमण पुष्टि भएपछी आज पाचैजनालाई आइसोलेशनमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्यालयमै होम क्वारेन्टाईनमा राखिएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!