पाचजना थुनुवा सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ८ साउन । पर्सामा ५ जना थुनुवा/कैदी सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न मुद्दामा पक्राउ परेका ५ जना थुनुवा र पर्सा स्थायी ठेगाना भई विभिन्न पेशा व्यवसाय गरी बसेका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरेका छन ।

लक्षण सहितका संक्रमित समेत देखिएकाे, केहिकाे मृत्यु भइसकेकाे र बाँकी केहिकाे अवस्था समेत निकै चिन्ताजनक भएकाेले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे समाजिक सञ्जाल फेसबुक मार्फत सर्वसाधारणलाई आग्रह गरेका छन ।

हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गराैं, काेराेनाबाट आफू बचाैं र अरूलाइ बचाऔं सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले आग्रह गरेका छन।

अब कडा रूपमा निषेधाज्ञा घाेषणा गरी तत्काल mass test गर्न अति जरूरी देखिएको ले यसमा सबैकाे साथ, सहयाेगकाे लागि अनुराेध समेत गरेका छन ।

error: Content is protected !!