पर्सामा निषेधाज्ञा लगाएरै भएपनि समुदाय स्तरमा कोरोना परिक्षण गर्न सांसद यादवको अनुरोध

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले समुदाय स्तरमा घर-घरमा गएर कोरोना परिक्षण गर्न तत्काल कदम चालन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भएको छ ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहनु भएका प्रतिनिधिसभा सदस्य सांसद यादवले समाजिक सञ्जालमा लेख्दै कोरोना मुक्त हुदै गएको पर्सा जिल्लामा हाल एक्कासी आएर समुदाय स्तरमै लक्षण सहितको कोरोना संक्रमित देखिन थालेकोले सचेत हुदै हामी सबै जिम्मेवार नागरिक गम्भीर हुन जरुरी रहेको बताएका छन् ।

बेलैमा रोकथाम नगरिए यहाँको स्थिति अझ बिकराल हुन सक्ने बिज्ञले औल्याएको बताउँदै उनले पर्सा जिल्लामा निषेधाज्ञा लगाएर भएपनि नागरिकको जीवन रक्षाको लागी घर-घरमा कोरोना परीक्षण गर्न आवश्यक रहेको सुझाव दिएका हुन् ।

बुधबारका दिन कोरोना भाइरसको संक्रमणले वीरगंजमा एक बृद्धको मृत्युसहित पर्साको थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै तिब्र गतिमा समुदाय स्तरमै गएर कोरोना परीक्षण गर्न तत्काल कदम चालन सांसद यादवले सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।

error: Content is protected !!