पर्सामा २ जना डाक्टर सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बीरगन्ज, ८ साउन । पर्सामा गएराति थप १७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ ।

डाक्टर, उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गए राति मात्र १७ जनामा काेराेना  पुष्टि भएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो।

थपिने संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामी लगायत १७ जना रहेका छन् । संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैकाे स्वाव संकलन साउन ६ गते गरिएकाे थियाे ।

उनका अनुसार कतिपय संक्रमित लक्षण सहित समेत देखिएकाेले निकै गम्भिर अवस्था सृजना भएकाे  उनले बताए।

वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे उनको भनाइ छ ।

error: Content is protected !!